१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारप्रति राजकिशोर यादवको टिप्पणी: एउटा पनि गणनायोग्य काम गरेको छैन

सरकारप्रति राजकिशोर यादवको टिप्पणी: एउटा पनि गणनायोग्य काम गरेको छैन
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उहाँको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरेपनि काम केही पनि गर्न नसकेको बताउनु भयो । यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गर्नुभयो । उहाँले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदुत नियुक्ति गरेको पनि दोहोर्‍याउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ?हामीले यो संविधान लेख्दा यो संविधानको आत्मा समानुपातिक समावेशीमा छ । तर सरकारले अहिले राजदुतहरुको जुन सिफारिस गरेको छ । त्यो कुनै पनि कोणबाट समावेशी देखिँदैन । त्यो एक प्रकारको एकल जातीय, एकल सांँस्कृतिक पहिचान झल्किने गरी सिफारिस गरिएको छ । यदि सरकारले संविधान मान्दैन भने भोली यो संविधान जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पन्न होला ? सम्माननीय सभामुखमार्फत म यो सरकारसँग सोध्न चाहन्छु । त्यसैगरी यो गरिमामय सदनको जुन प्रकारको सत्तापक्ष र विपक्षको रोइलो, दोहोरी सुन्दा यो पूरै राज्यसत्ता, पूरै सरकार अहिले विद्युत प्राधिकरण र ट्रक लाईनमा झल्झेको जस्तो देख्छु । यो सरकार बन्दा नेपाली जनतामा यो संसदीय व्यवस्थामा विरलै घटने घटना स्वरुप यो पहिलो र दोस्रो दल मिलेर बनेको सरकार हो । र, यो एक प्रकारको अन्तिम विकल्प हो । यो सरकारलाई असफल हुने, यो सरकारलाई अल्छि गर्ने, यो सरकारलाई कुनै पनि रुपमा जनताको समस्यालाई समाधान नगरी दायाँबायाँ हुने छुट छैन । तर समामुख महोदय, सरकार बन्दैगर्दा नेपाली जनतामा एक प्रकारको आशा र भरोसा थियो । यो सरकारले नेपाली जनताको जीविकाको सवालमा, सुशसनको सवालमा, सामाजिक न्यायको सवालमा केही महत्वपूर्ण उदाहरणीय काम गर्छ । तर यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ चाहीँ ठूलो ठूलो चुट्ने, तर काम चाहीँ एउटा पनि औलामा गन्नसक्ने छैन ।’

सांसद यादवले सरकारलाई असफल हुने कुनैपनि छुट नरहेको जिकिर पनि गर्नुभयो ।