२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति राजकिशोर यादवको टिप्पणी: एउटा पनि गणनायोग्य काम गरेको छैन



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उहाँको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरेपनि काम केही पनि गर्न नसकेको बताउनु भयो । यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गर्नुभयो । उहाँले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदुत नियुक्ति गरेको पनि दोहोर्‍याउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ?हामीले यो संविधान लेख्दा यो संविधानको आत्मा समानुपातिक समावेशीमा छ । तर सरकारले अहिले राजदुतहरुको जुन सिफारिस गरेको छ । त्यो कुनै पनि कोणबाट समावेशी देखिँदैन । त्यो एक प्रकारको एकल जातीय, एकल सांँस्कृतिक पहिचान झल्किने गरी सिफारिस गरिएको छ । यदि सरकारले संविधान मान्दैन भने भोली यो संविधान जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पन्न होला ? सम्माननीय सभामुखमार्फत म यो सरकारसँग सोध्न चाहन्छु । त्यसैगरी यो गरिमामय सदनको जुन प्रकारको सत्तापक्ष र विपक्षको रोइलो, दोहोरी सुन्दा यो पूरै राज्यसत्ता, पूरै सरकार अहिले विद्युत प्राधिकरण र ट्रक लाईनमा झल्झेको जस्तो देख्छु । यो सरकार बन्दा नेपाली जनतामा यो संसदीय व्यवस्थामा विरलै घटने घटना स्वरुप यो पहिलो र दोस्रो दल मिलेर बनेको सरकार हो । र, यो एक प्रकारको अन्तिम विकल्प हो । यो सरकारलाई असफल हुने, यो सरकारलाई अल्छि गर्ने, यो सरकारलाई कुनै पनि रुपमा जनताको समस्यालाई समाधान नगरी दायाँबायाँ हुने छुट छैन । तर समामुख महोदय, सरकार बन्दैगर्दा नेपाली जनतामा एक प्रकारको आशा र भरोसा थियो । यो सरकारले नेपाली जनताको जीविकाको सवालमा, सुशसनको सवालमा, सामाजिक न्यायको सवालमा केही महत्वपूर्ण उदाहरणीय काम गर्छ । तर यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ चाहीँ ठूलो ठूलो चुट्ने, तर काम चाहीँ एउटा पनि औलामा गन्नसक्ने छैन ।’

सांसद यादवले सरकारलाई असफल हुने कुनैपनि छुट नरहेको जिकिर पनि गर्नुभयो ।