२२ असार २०८३, सोमबार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरा पर्वको कार्यक्रममा बिरोध जनाउने युवाहरुलाई तत्काल रिहा गर्न सांसद ढकालको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टँुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरेका भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताउनु भयो । उहाँले युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने बताउनु भयो । उहाँले युवाहरुलाई त्रसित नबनाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरुले विरोध भाषण गरे । यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेजहरु स्क्रिनिङ गरिगरी हिजोबाट ति युवा साथीहरुलाई हिरासतमा राख्न थालेको रहेछ । यो विल्कुल गलत भएको छ । बिरोधका बोलीहरु त्यो पनि युवाले राखेको । राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ । स्वदेशमा अवसरबाटवञ्चित, रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैनँ । ति युवाहरुको तत्काल रिहाको माग गर्न चाहान्छु । साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरुलाई समातिएको समाचार आएको छ । कमिलाको उड्ने बेलामा प्वाख पलाउँछ । कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस् । हामी पनि यस विषयमा संवेदनशील छौँ । तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, युवाहरुलाई समात्ने हो भने टुडिखेल भरि भरिएका युवाहरु सबै समाउनु पर्छ । क्यामेराले भेटेको थिएन होला के गर्नुहुन्छ ?युवाहरुलाई त्रसित नबनाउनुस् । म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

उहाँले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिनुभयो ।