४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरा पर्वको कार्यक्रममा बिरोध जनाउने युवाहरुलाई तत्काल रिहा गर्न सांसद ढकालको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टँुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरेका भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताउनु भयो । उहाँले युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने बताउनु भयो । उहाँले युवाहरुलाई त्रसित नबनाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरुले विरोध भाषण गरे । यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेजहरु स्क्रिनिङ गरिगरी हिजोबाट ति युवा साथीहरुलाई हिरासतमा राख्न थालेको रहेछ । यो विल्कुल गलत भएको छ । बिरोधका बोलीहरु त्यो पनि युवाले राखेको । राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ । स्वदेशमा अवसरबाटवञ्चित, रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैनँ । ति युवाहरुको तत्काल रिहाको माग गर्न चाहान्छु । साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरुलाई समातिएको समाचार आएको छ । कमिलाको उड्ने बेलामा प्वाख पलाउँछ । कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस् । हामी पनि यस विषयमा संवेदनशील छौँ । तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, युवाहरुलाई समात्ने हो भने टुडिखेल भरि भरिएका युवाहरु सबै समाउनु पर्छ । क्यामेराले भेटेको थिएन होला के गर्नुहुन्छ ?युवाहरुलाई त्रसित नबनाउनुस् । म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

उहाँले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिनुभयो ।