२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट
अ अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अङ्कले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२६ अङ्कले आरालो लागेर ५०२.५९ मा झरेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सस्तोमा समेटिएको छ । कूल २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर रु तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ बराबरको कारोबार भयो । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन ९७.७, निर्जीबन बीमा ६७.३३, जीवन बीमा १०२.७४ र सामूहिक लगानी कोष ०.०९ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७८, व्यापार २७.९२, विकास बैंक १२.९१, जलविद्युत् ४५.३६, वित्त ११.४२, उत्पादन १०४.४१, अन्य ३५.५८, लघुवित्त ३९.४९ र लगानी ०.७२ अङ्कले ओरालो लागेको छ । 

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ४७ करोड ९६ लाख ५७ हजार ६४६ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड २३ लाख ५७ हजार १९४ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १२ करोड २० लाख दुई हजार ३३८, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ८४ लाख ५२ हजार ३७६, नेपाल पुनरबीमा कम्पनी रु १० करोड ९१ लाख आठ हजार १३२ र शिवम् सिमेन्ट रु नौ करोड १४ लाख ६६ हजार ६४४ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए । 

नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९८, सगरमाथा इन्स्योरेन्स ६.६४, सोल्टी होटल ६.५१, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.८१ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ४.८७ प्रतिशतले कमाए । नेपाल दूरसञ्चार कम्पनी ५.१३, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८६, सिङ्गटी हाइड्रोपावर ३.९१, माउण्टेन हाइड्रो ३.४५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।