१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडको असर सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडको असर सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ । 

समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो । समिति सभापति दिल कुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई अगाडि बढाउने निर्णय भएको बताउनुभयो । कोभिड संक्रमणको जोखिमका कारण समितिका नियमित बैठकहरु प्रभावित भएको र अवदेखि बैठकलाई निरन्तरता दिनका लागि उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलले बताउनुभयो ।

पछाडि परेको क्षेत्र, समुदाय, मानवअधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रि सुरक्षा, विभिन्न सन्धि सम्झौता लगायतका विषयमा पनि समितिले छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले बताउनुभयो । यस्तै लैङ्गिक हिंसा विरुद्धको विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ । समितिले प्रस्ताव गरेको संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्धको विषयमा गोष्ठी गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति रावलले बताउनुभयो ।