१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिको सभापति पाउनुपर्ने माओवादी केन्द्रको माग जायज छ: चित्रबहादुर केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको बताउनुभएको हो ।

अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा रहँदाखेरी सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरुमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी समेत गर्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘संसदीय व्यवस्था भएका मुलुकहरुमा त्यसका केही मूल्यमान्यताहरु छन् । अहिले प्रतिपक्षका साथीहरुले लेखा समितिको सभापति आफ्नो हुनपर्छ भनेर उहाँहरुले जो माग गर्नुभएको छ । त्यो जायज छ । हाम्रो पार्टी पनि सानो छँदा काँग्रेस सत्तामा हुँदाखेरी राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो नेपाली काँग्रेसले । त्यो नियम त पालना गर्नुपर्‍यो नि । त्यो संसदीय व्यवस्थाको पालना गर्नै नपर्ने । सत्तामा छदाखेरी आँखा चिम्लेर परिवारवाद, भ्रष्टाचारीहरुलाई जोगाउने, तिनबाट फाईदा उठाउने, जब सत्ताबाट बाहिर हुन्छ, अनि पानीबाट बाहिर निकालेको माछा जस्तो उफ्रने काम बन्द गर्नुपर्छ ।’

अध्यक्ष केसी संसदीय मूल्य र मान्यता विपरित चल्ने काम पनि ठूला दलहरुले नै गरेको बताउनु भयो ।