१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​पोखरा शवदाह गृह विवाद



अ+ अ-

काठमाडौं । पोखरा महानगरपालिका वडा नं. १० शान्तिवन क्षेत्रमा विधुतिय शवदाह गृह बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

महानगरपालिकाले वि.सं. २०५५ सालमा क्षेत्राधिकार समेत नाघि गैरकानुनी रुपमा उक्त वन बौद्ध अर्घो सदन र रामघाट दाहसंस्कार समितिका नाममा बाँडफँड गरिदिए पछि स्थानीयले विरोध गरेका हुन् । संघीय सरकारले विद्युतिय शवदाह गृह निर्माणका लागि बजेट विनियोजन गरेपछि स्थानीयले विरोध गरेका हुन् ।  गत वर्ष माघमा शवदाह गृहको निर्माण गर्न बौद्ध अर्घो सदन, पोखरा महानगरपालिका र संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । उक्त शवदाह गृह करिब ३० करोडको लागतमा निर्माण हुन लागेको छ । विद्युतिय शवदाह गृहको विरोध गरेको नभई त्यस ठाउँमा शवदाह निर्माण गर्न नहुने विषयको विरोध भएको शान्तिवन सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सम्झना अधिकारीले बताउनुभयो ।

शवदाह गृहको विकल्प हुँदाहुँदै वन फडानी गरेर निर्माण गर्न लागिएपछि उच्च अदालत पोखरामा परेको मुद्दा विचाराधिन अवस्थामा छ । वातावरण प्रभाव मुल्याङ्कको कुरामा स्पष्ट नभइकन भौतिक संरचनाहरु निर्माण हुँदा प्रतिकुल असर पर्नसक्ने भुगोलविद कृष्ण केसीले बताउनुभयो ।

शान्तिवनको साबिकका कित्ताहरु २२०६ र २२०७ हुन् । २०६३ सालमा नयाँ नापी भएको थियो । तर अहिले एघार रोपनीभन्दा बढी क्षेत्रफल भएको वनको पुर्जाको स्रेस्ता मालपोतबाट हराएको छ ।