२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

सरकारको विशेष प्राथमिकतामा देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति

सरकारको विशेष प्राथमिकतामा देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति
अ अ+ अ-

नेपालगञ्ज । सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो । यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महत्वपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उहाँले स्पष्ट गर्नुभयो ।

नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताउनुभयो । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उहाँले प्रस्ट पार्नुभयो । यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उहाँले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताउनुभयो ।

सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ । अन्तरदेशीय उडानलाई बढाउन तथा देशका सबै ठूला सहरलाई हवाई यातायातसँग जोड्न सरकारले विमानस्थल निर्माण र विस्तार गर्ने कार्यमा विशेष ध्यान दिएको छ, उहाँले भन्नुभयो, “अब यो कार्यमा प्रदेश र स्थानीय सरकारको पनि लगानी र हातेमालो

आवश्यक देखिएको छ ।” नेपालगञ्ज विमानस्थलले पश्चिम नेपालका अधिकांश पहाडी र हिमाली जिल्लालाई हवाई यातायातमार्फत जोडेकाले पनि यो विमानस्थलको विस्तार र स्तरोन्नति महìवपूर्ण रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारले नेपालको नयाँ हवाई नीति निर्माण गरिरहेकाले त्यसपछि देशको हवाई यातायातमा नयाँ आयाम थपिने बताउनुभयो । २०७५ साल कात्तिक १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले शिलान्यास गर्नुभएको सो जहाज पार्किङस्थललाई २८ करोड ५३ लाख रुपियाँको लागतमा निर्धारित समयमै निर्माण गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

बन्द विमानस्थलमा उडान सुरु
लामो समयदेखि बन्द भएका सुदूपश्चिमका पहाडी जिल्लाका तीनवटा विमानस्थलमा असोज अन्तिम सातादेखि नियमित उडान सुरु भइसकेको छ । विकटका जनतालाई हवाई यात्राबाट जोड्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द विमानस्थल पुनः सञ्चालनमा ल्याउन अग्रसरता देखाएको थियो ।
सोही अनुसार असोज २७ गतेदेखि धनगढीबाट बैतडी विमानस्थलमा २५ वर्षदेखि पुनः नियमित उडान सुरु भएको थियो । त्यस्तै सोही दिन बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलमा पनि नियमित उडान सुरु गरिएको थियो । नियमित उडानअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गराएको थियो ।

साझेदारीमा विमानस्थल स्तरोन्नति
यात्रुको चाप बढी हुने विमानस्थलको स्तरोन्नति गर्ने योजना अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा कार्यक्रम सुरु गरेको छ । यसै क्रममा असोज १५ गते कर्णाली प्रदेश सरकार र नेपाल सरकारबीच सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकासनिर्माण गर्न समझदारी भएको थियो ।

लगत्तै प्रदेश १ सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने समझदारी भएको थियो । पछिल्लो समय सरकारले देशका विभिन्न विमानस्थलको स्तरोन्नति गर्न लागत साझेदारीसहितको पहल सुरु गरेको छ । गोरखापत्र दैनिक