१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभा: बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको नि:शुल्क उपचार गर्न माग

प्रतिनिधिसभा: बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको नि:शुल्क उपचार गर्न माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको नि:शुल्क उपचार तथा पुन: स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा सांसद सुशीला लिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुन:स्थापनाको माग गर्नुभयो । “लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ” उहाँले भन्नुभयो, “जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जका लागि सहयोग गर्न आग्रह गर्दछु ।” सांसद लिङले सडक दुर्घटना, चट्याङ्मा परेका व्यक्तिलाई पनि स्वास्थ्य उपचारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । “गतवर्ष जाजरकोटमा गएको भूकम्पले सल्यानका विभिन्न ठाउँमा जमिन फाट्ने र ठूला चिरा परिरहेको छ” उहाँले भन्नुभयो, “तत्काल विज्ञ पठाइ त्यो भूमि प्रयोग गर्न हुन्छ वा हुन्न भनेर निक्र्यौल गर्नुपर्छ, आवश्यकताअनुसार बस्ती सार्न पहल गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद शान्ति विकले विगत केही समयदेखि स्वदेश तथा विदेशमा महिला हिंसासम्बन्धी घटना विश्वभरि नै देखिएका र महिलाहरू कही पनि सुरक्षित हुन नसकेको देखिएको बताउनुभयो । “नेपालका चेली चाहे देशमा हुन् वा विदेशमा कही पनि सुरक्षित छैनन् भन्ने कुराले स्तब्ध छु”,उहाँले भन्नुभयो, “सबै घटना मानवताविरोधी क्रुरताको पराकाष्ठा हो ।”

सांसद अमरेशकुमार सिंहले पछिल्लो समय देशमा सडक दुर्घटना बढेको र दुर्घटना कम गराउन सरोकार भएका पक्षको ध्यानाकर्षण गराउनुभयो । “पटकपटक सडक दुर्घटना भएको छ, यस्तो किन भइरहेको छ? त्यसको जिम्मेवारी कसैले लिनुपर्छ की पर्दैनरु” उहाँले प्रश्न गर्नुभयो, “सरकारले जिम्मा लिने वा ट्राफिक प्रहरी रु यातायात विभाग वा कसले लिने हो ? यसको जवाफसहित दिनप्रतिदिन खस्किँदै गएको सडकको गुणस्तर सुधारमा लाग्नुपर्छ ।”

सांसद गणेश पराजुलीले देशैभरि भएका सवारीसाधन दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई सरकार भएको सहसुस दिलाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन मन्त्रालयलाई आग्रह गर्न चाहान्छु कि नेपालमा आएका भारतीय पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने काम सरकारको हो ।”

सांसद शिव नेपालीले सडक र हवाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।