४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनको धरातल नै कमजोर छ: माधव सापकोटा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काँग्रेस–एमालेको सत्तारुढ गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु बढाउने दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको दोहन गरिरहेको स्पष्ट भएको सांसद सापकोटाको भनाई थियो । उहाँले दुइ ठूला दलको सत्ता बन्धनको धरातल पनि कमजोर रहेको जिकिर गर्नुभयो ।

सांसद सापकोटाले भन्नुभयो, ‘संघमा दुई ठूला दलहरु मिलेर सरकार बनेको झन्डै २ महिना पुग्न लाग्यो । तर प्रदेश सरकारहरुको अवस्था हेर्दा यो समिकरणको धरातल उदांगो भएको छ । कोशीमा सरकारले अझै पूर्णता पाउन सकेको छैन । गण्डकीमा ७ वटा मन्त्रालय छन । १० वटा मन्त्रालयको छलफल चलिराखेको छ । कर्णालीमा अर्को एक जना मन्त्री थप गरियो । वागमतीमा मन्त्रालयको टुंगो नलागिकन विना विभागीय मन्त्रीहरुको सपथ छ । लुम्विनी र सुदूरपश्चिममा मन्त्रीहरु बढाउने र मन्त्रीहरु थप्ने तयारी भईराखेको छ । मधेशको कुरै गर्नु परेन । मधेशमा राज्यमन्त्री र मन्त्रीहरुको लर्को र सम्बन्धित मुख्यमन्त्रीको दलको स्पष्टिकरण । यी सबै कुरा हेर्दा र कर्णाली प्रदेशमा गरिएको एक सर्भेक्षणले के देखाउँछ भने एउटा मन्त्रालयबाट बढाउँदा बार्षिक १० करोड बराबरको लागत बढन जान्छ । यसरी हेर्दा आन्तरिक आम्दानीले साधारण खर्च धान्न नसकेको देखिएको छ । समग्रमा हेर्दा दुई ठूला पार्टीको गठबन्धन राज्यशक्तिको दोहनका लागि भएको भन्ने स्पष्ट छ ।’

सांसद सापकोटाले ठूला दलले प्रदेश सरकार बनाउने कामलाई अझै पूर्ण दिन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।