२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.37

Wind: 1.54

Humidity: 58

Latest
राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै राहत बोकेर नेपाली सेनाको विमान आज म्यानमार जाँदै भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तिब्रता दिनुपर्छ: जनार्दन शर्मा



अ+ अ-
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले जाजरकोट लगायतका जिल्लाहरुमा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिब्रता दिनेगरी आवश्यक जनशक्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । उपमहासचिव शर्माले पुन:निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले रुकुम पश्चिमस्थित चौरहजारी टार सिंचाई आयोजना तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । धानबालीका लागि अति आवश्यक सो सिंचाई बाढी र पहिराले अवरुद्ध भएकाले त्यसलाई सरकारले तत्काल सुचारु गराउनुपर्ने उपमहासचिव शर्माको भनाई थियो । उहाँले बाढी र पहिरोले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने काममा पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
उपमहासचिव शर्माले भन्नुभयो, ‘जाजरकोट, रुकुम, सल्यान, डोटी र बझाङमा भूकम्प पुनर्निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति सहितको कार्यालयहरुको स्थापना गरियोस । आवश्यक तयारीसहित पुनर्निर्माणलाई छिटो भन्दा छिटो अगाडि बढाउनका लागि सरकारले पहल लेओस भन्ने कुरा म माग गर्न चाहन्छु । त्यसैगरी रुकुम पश्चिमको चौरहजारी टार सिंचाई योजना एक महिनादेखि अवरुद्ध भएको भएको बाढि, पहिरोको कारणले । त्यसलाई सुचारु गर्न स्थानीय सरकारको प्रयास गर्‍यो तर सम्भव भएन । र त्यसबाट वडा नम्बर १, २, ३, ४ , ६, ७ र १० मा किसानहरुले लगाएको धान पानी कम हुने बित्तिकै त्यहाँ सुख्खा हुने अवस्था सृजना भएको छ । त्यो सिचाई योजना सुचारु गर्नका लागि तत्काल सरकारले पहल लेओस् भन्ने म राख्न चाहन्छु । बस्ती सार्नुपर्ने र केहीलाई सार्नुपर्ने अप्ठयारो अवस्था भएकाले गृह मन्त्रालयसँग पनि गएर हामीले माग गरेका छौं । तर पनि काम अघि बढिरहेका छैन । सरकारले यस्ता ठूलो क्षति हुने सम्भावना भएका वस्तीमा मानिसलाई सुरक्षित स्थानमा बस्ने ब्यवस्था पनि मिलाउनु पर्छ ।’
उपमहासचिव शर्माले सरकारले बाढी, पहिरोले जोखिममा पारेका बस्तीका मानिसहरुको सुरक्षित स्थानमा सार्ने काममा ढिलाई गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।