१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तिब्रता दिनुपर्छ: जनार्दन शर्मा

सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तिब्रता दिनुपर्छ: जनार्दन शर्मा
अ अ+ अ-
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले जाजरकोट लगायतका जिल्लाहरुमा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिब्रता दिनेगरी आवश्यक जनशक्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । उपमहासचिव शर्माले पुन:निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले रुकुम पश्चिमस्थित चौरहजारी टार सिंचाई आयोजना तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । धानबालीका लागि अति आवश्यक सो सिंचाई बाढी र पहिराले अवरुद्ध भएकाले त्यसलाई सरकारले तत्काल सुचारु गराउनुपर्ने उपमहासचिव शर्माको भनाई थियो । उहाँले बाढी र पहिरोले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने काममा पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
उपमहासचिव शर्माले भन्नुभयो, ‘जाजरकोट, रुकुम, सल्यान, डोटी र बझाङमा भूकम्प पुनर्निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति सहितको कार्यालयहरुको स्थापना गरियोस । आवश्यक तयारीसहित पुनर्निर्माणलाई छिटो भन्दा छिटो अगाडि बढाउनका लागि सरकारले पहल लेओस भन्ने कुरा म माग गर्न चाहन्छु । त्यसैगरी रुकुम पश्चिमको चौरहजारी टार सिंचाई योजना एक महिनादेखि अवरुद्ध भएको भएको बाढि, पहिरोको कारणले । त्यसलाई सुचारु गर्न स्थानीय सरकारको प्रयास गर्‍यो तर सम्भव भएन । र त्यसबाट वडा नम्बर १, २, ३, ४ , ६, ७ र १० मा किसानहरुले लगाएको धान पानी कम हुने बित्तिकै त्यहाँ सुख्खा हुने अवस्था सृजना भएको छ । त्यो सिचाई योजना सुचारु गर्नका लागि तत्काल सरकारले पहल लेओस् भन्ने म राख्न चाहन्छु । बस्ती सार्नुपर्ने र केहीलाई सार्नुपर्ने अप्ठयारो अवस्था भएकाले गृह मन्त्रालयसँग पनि गएर हामीले माग गरेका छौं । तर पनि काम अघि बढिरहेका छैन । सरकारले यस्ता ठूलो क्षति हुने सम्भावना भएका वस्तीमा मानिसलाई सुरक्षित स्थानमा बस्ने ब्यवस्था पनि मिलाउनु पर्छ ।’
उपमहासचिव शर्माले सरकारले बाढी, पहिरोले जोखिममा पारेका बस्तीका मानिसहरुको सुरक्षित स्थानमा सार्ने काममा ढिलाई गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।