१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छ: महेश बर्तौला

सरकारले चितवन र पर्सा निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गर्नुपर्छ: महेश बर्तौला
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुका लागि एउटै प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको दुवै राष्ट्रिय निकुञ्जमा एउटा गेट पासबाट पर्यटकहरुलाई प्रवेश गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रमुख सचेतक बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेश र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनको सबैभन्दा महत्वपूर्ण क्षेत्र भएकाले यसको उचित व्यवस्था गर्ने काममा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले पर्यटन प्रवद्र्धनको कामलाई व्यवहारिक रुपमा नै अघि बढाउनुपर्ने आवश्यकता पनि आंैल्याउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचिमा पर्छ । त्यही राष्ट्रिय निकुञ्जसँगसँगै सिमाना जोडिएको एउटै भूगोलमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज छ । यी दुवै राष्ट्रिय निकुञ्जहरुमा विश्वमा नै नभएका एक सिंगे गैडाहरु त्यहा पाउँछ । विभिन्न प्रजातिका वन्यजन्तुहरु छन् । जैविक विविधताले भरिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यी दुवै राष्ट्रिय नि:कुञ्जहरुलाई एकीकृत पर्यटन प्रवद्र्धन गर्ने, एकीकृत पर्यटन विकास गर्ने उद्देश्यका साथ कार्ययोजना अघि बढाउने हो भने यसले मधेस प्रदेश र वागमती प्रदेशमा पर्यटन प्रवद्र्धनको निकै ठूलो टेवा पुग्छ । त्यसका लागि एकीकृत टिकट प्रणालीको निर्णय गर्नुपर्ने हुन्छ । यसमा सम्बन्धित वन मन्त्रालयको म ध्यानाकर्षण गराउन चाहन्छु । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेको पर्यटक पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गर्न पाउने वा पर्सा राष्ट्रिय निकुञ्जमा गेट पास लिएर प्रवेश गरेको पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने व्यवस्था सरकारले गरोस् ।’

प्रमुख सचेतक बर्तौलाले ती दुवै राष्ट्रिय निकुञ्ज प्राकृतिक परिदृश्यले पनि मनोरम रहेकाले त्यसको प्रवद्र्धनबाट राष्ट्रले ठूलो आयआर्जन गर्नसक्ने पनि बताउनु भयो ।