७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

करोडौं लगानी, उपलब्धि शून्य

करोडौं लगानी, उपलब्धि शून्य
अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं। प्रदेश ९हाल कोशी प्रदेश०का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि।सं। २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गर्नुभएको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानीमा स्थापना गरिएको हो ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वत:स्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए । प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकालाई अर्गानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यसहित रु चार करोड ५६ लाख लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधि आलोचित बनेका  छन् । राज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको तीन वर्ष पाँच महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् ।

आफ्नो गाउँमा प्राङ्गारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना हुने भएपछि आफूले छ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएको तत्कालीन नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभएको छ । “उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोकमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो । “उद्घाटन गरेको चार वर्ष हुन लाग्यो । अहिलेसम्म सञ्चालनमा ल्याउने वर्तमान जनप्रतिनिधिको कुनै तयारी छैन”, जिल्लाका अगुवा कृषक रहनुभएका विश्वकर्माले भन्नुभयो, “उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ । वर्तमान जनप्रतिनिधिले यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ ।”

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो । तीन हजार पाँच सय घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्याङ्की) मा कच्चापदार्थ हालेर गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालनसमेत गरिएको थियो ।

नगरपालिकाले उद्योगमा स्थानीय चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रुपमा रोजगारीसमेत दिएको थियो । लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन् ।

कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने नगरपालिकासँग यकिन तथ्याङ्क छैन । मलमूत्रका लागि रु दुई लाखमा खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुई वटा रु ९० हजारमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारी स्वरुप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताउनुभएको थियो । अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाइ विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ ।  उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमा नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ ।

प्राङ्गारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुईवटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिन्ह खडा भएको नगरवासीको गुनासो छ । मल उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ ।  रासस