१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता होः कमल थापा

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता होः कमल थापा
अ अ+ अ-

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बीचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताउनुभएको ।

सोमवार आफुद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताउनुभएको हो । उहाँले दुई देशबीचको सम्बन्धलाई उचाईमा पु¥याउनका लागि भुराजनीति र दुई देशका बीचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताउनु भयो । उहाँले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तत्कालिक कारणहरु पनि रहेको उल्लेख गर्दै तत्कालिक कारणहरु भन्दा मुख्यकुरा अवधारणागत भिन्नता नै रहेको बताउनु भयो । उहाँले अहिले काँग्रेस–एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले पटक–पटक भोग्नुपरेका नाकाबन्दीका तत्कालिक कारणहरु विभिन्न हुन्छन् । तर मेरो निष्कर्ष छ कि तत्कालिक कारणहरुको बाबजुत पटक–पटक नेपालले नाकाबन्दी भोग्नुपर्ने मुख्य कारण भनेको भुराजनीति र सुरक्षा र सामरिक विषयमा नेपाल र भारतका बिचमा रहेको अवधारणागत भिन्नता नै हो । तसर्थ हामी नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने क्रममा भूराजनीति र दुई देशका विचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजाने र त्यसलाई समाधान गर्नेगरी सम्बोधन गर्नु नितान्त जरुरी छ । अहिले नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार बनेको छ । संख्यात्मक दृष्टिकोणबाट यो सरकार बलियो छ । यसले राजनीतिक स्थायित्व दिने सम्भावना छ । यो उपयुक्त अवसर हो । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनको निमित्त । भूराजनीति र अवधारणागत भिन्नताले सिर्जना गरेका चुनौती र जटिलतालाई गम्भिरताका साथ सम्बोधन गर्ने प्रयास गर्नका निम्ति म प्रधानमन्त्रीमा आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताउनु भयो । उहाँले सो पारवाहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल