७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नयाँ धान खरिदमा उदासीनता देखाएपछि किसान मर्कामा

नयाँ धान खरिदमा उदासीनता देखाएपछि किसान मर्कामा
अ+ अ-

भजनी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिदमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका छन् । 

कार्यालयले हाल धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । कैलालीको टीकापुर नगरपालिका–८ का भीमबहादुर महरले करिब १५ बिघा क्षेत्रफलमा गरिएको धानखेतीबाट उत्पादन भएको २५० क्विन्टल धान कम्पनीले खरिद नगरेको बताउनुभयो । कम्पनीले धान खरिद नगर्दा अहिले उक्त परिमाणको धान घरको आगनमै रहेको उहाँको भनाइ छ । 

धान रोप्ने समयमै सरकारले धानको मूल्य निर्धारण गरेपछि महरले सस्तो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गर्नुभएन । अहिले कम्पनीले धान लिन छोडेपछि महरलाई ठूलो समस्या भएको छ । एकातिर आकाशमा बादल आउँदा पानी आएर धान बिग्रने चिन्ता छ भने अर्कोतिर कम्पनीले धान नलिँदा लगानी नै नउठने हो कि भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा धान बिक्रीको कुरा गर्दा भोलि–भोलि भन्दै टार्दै आएका छन्”, उहाँले भन्नुभयो, “वर्षभरीको लगानी पनि नउँठ्दा किसानको काम गर्ने जागर पनि मर्दै गएको छ ।”                                                                                                                                                    

टीकापुरका अर्का किसान धनसिंह साउदले ३० बिघा क्षेत्रफलमा धानखेती गर्नुभएको थियो । उहाँले ३०० क्विन्टल धान बिक्री गरेपनि अझै करिब ३०० क्विन्टल बिक्री गर्न बाँकी नै छ । जिल्लाको टीकापुरस्थित कम्पनीको गोदाममा धान बिक्री गर्नु भनेको ठूलो युद्ध जित्नुजस्तै भएको उहाँको भनाइ छ । “गोदामले कहिले बोरा अभाव देखाउँछ त कहिले कर्मचारीको अभाव”, किसान साउदले भन्नुभयो, “अहिले किसान रुनु न हास्नुको अवस्थामा पुगेका छन् । कतिपयले त बाहिर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नसमेत थालिसकेको छ ।”

“दिनभर लाइनमा पर्खेर धानमा काटा लगाउने समयमा कुनै न कुनै कमजोरी देखाएर किसानलाई फिर्ता गर्ने गरेको छ”, अर्का किसान सुन्दर चौधरीले भन्नुभयो, “कुपन लिएर दिनभर लाइनमा बसेँ काटा लगाउने बेला फिर्ता गर्यो । त्यही धान लिएर घर फिर्ता जानु पनि भएन । अन्तिममा बजारमा दुई हजार २०० मा धान बिक्री गरेर घर गएँ ।” उहाँले कैयौं किसानले कम्पनीकै कारण ठूलो सास्ती पाएको बताउँदै स्थानीय तहले धान खरिदको काम गरेको भए किसानलाई ठूलो राहत महसुस हुने थियो होला भन्नुभयो । 
  
खाद्य गोदाम टीकापुरका प्रमुख चेतमान कठायतले गोदाम अभावका कारण धान खरिदमा समस्या हुँदै आएको बताउनुभयो । उहाँले गोदाम खोज्दै धान खरिद गर्दै आएको बताउँदै ६० नम्बर सम्मको कुपन वितरण गरिएको र ती किसानको धान खरिद गरिसकेपछि मात्र अन्य किसानलाई कुपन वितरण गरिने जानकारी दिनुभयो ।  “हामीसँग सीमित स्रोतसाधन छ । त्यही अनुसार काम गर्नु पर्दा ढिलो भएको हो”, प्रमुख कठायतले भन्नुभयो, “किसानको सबै धान कम्पनीले खरिद गर्छ । तर ढिलो हुन सक्छ ।” उहाँले केही समय बोराको अभाव भएका कारण पनि धान खरिदमा समस्या आएको उल्लेख गर्दै अहिले बोरा उपलब्ध भए पनि गोदामको अभाव हुन थालेको बताउनुभयो ।
  
 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिल श्रेष्ठले जनशक्ति अभावकै कारण धान खरिदमा समय लागेको बताउनुभयो  उहाँले अघिल्लो वर्षसम्म बजार र कम्पनीको धान खरिद दरमा फरक नहुँदा किसानले बजारमै धान बेच्ने गरेको बताउँदै यस वर्ष कम्पनीको मूल्य बढी भएकाले यसतर्फ किसानको आकर्षण बढेको छ भन्नुभयो । उहाँले जनशक्ति अभावकै कारण दैनिक एक हजारदेखि एक हजार २०० क्विन्टलसम्म मात्रै धान खरिद गर्न सकिएको बताउनुभयो । “हाम्रो लक्ष्य ६५ हजार क्विन्टल धान खरिद गर्ने हो । सोमबारसम्म हामीले २७ हजार ५०० क्विन्टल धान खरिद गरिसकेका छौं”, प्रमुख श्रेष्ठले भन्नुभयो, “गोदामको व्यवस्थापन छैन । खरिद गरेर मात्र भएन भोलि खपत पनि हुनुपर्यो । त्यो भन्दा बढी धान खरिद गर्न सक्ने क्षमता हामीसँग हाललाई छैन ।”

प्रमुख श्रेष्ठका अनुसार गत वर्षको २४ हजार क्विन्टल चामल अहिले पनि स्टक हामीसँग छ । भारतबाट सस्तोमा चामल आउने हँुदा बजारसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उहाँको भनाइ छ । उहाँले खरिद मात्र गरेर नहुने भन्दै खपत गर्न पनि चुनौती देखिएको बताउनुभयो । “अहिले खरिद गरेको धानबाट चामल बिक्री गर्दा ५० रुपैयाँ प्रति किलो पर्न जान्छ । बजारमा प्रतिकिलो ४२÷४३ रुपैयाँमा चामल उपलब्ध छ”, प्रमुख श्रेष्ठलेले भन्नुभयो, “अहिले पनि हामीले प्रति क्विन्टल चार हजार ८०० रुपैयाँमा चामल बेच्नुपर्ने बाध्यता छ । बजारमा चार हजार ५०० रुपैयाँमा चामल उपलब्ध छ । 

अब पाँच हजार भन्दा कममा बिक्री गर्न सकिने अवस्था छैन । सरकारले मूल्य समायोजनको लागि भूमिका खेल्नुपर्ने देखिन्छ । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले मोहनपुर, जोशिपुर, भजनी र टीकापुरबाट धान खरिद गर्दै आएको छ । सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्दै आएको छ । सरकारले मोटो धान प्रति क्विन्टल रु दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ ।