७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

साउनयता मरे तीन हात्ती

साउनयता मरे तीन हात्ती
file
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । 
    
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन् । दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ । विक्रमप्रसाद बामपुड्के रहेको थियो । उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन ।” त्यस्तै सुन्दरमाला बूढो भएर मरेको उहाँले जानकारी दिनुभयो । सुनदरमालाको उमेर ७५ वर्ष रहेको थियो ।
    
दीपेन्द्र र सुन्दरमाला सौराहामा रहेका थिए भने विक्रमप्रसाद बेलशहर पोष्टमा रहेको थियो । सुन्दरमाला पोथी हो भने दीपेन्द्र र विक्रम भाले हात्ती हुन् । निकुञ्जका हात्तीमा क्षयरोगको आशङ्का गरिएसँगै नमूना सङ्कलन गरेर परीक्षणका लागि राखिएको छ । हाल निकुञ्जमा ५९ वटा हात्ती रहेका छन् । 

हात्तीसँगै निकुञ्जमा यसै अवधिमा ५१ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैँडा छन् । चालु आवमा मात्रै १७ वटा गैँडा मरेका छन् । जसमा चार वटा चोरी शिकारीबाट मरेका हुन् भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणका लागि गम्भीरतापूर्वक अध्ययन थालेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोलीले गैँडाको मृत्युको कारणको अध्ययन थालेको छ । 
    
त्यसैगरी सो अवधिमा १६ वटा चित्तल मरेका छन् । जसमध्ये ११ वटा कुकुरको आक्रमणबाट तथा छ वटा मेसजालीमा अड्किएर र बच्चा जन्माउन नसकेर मरेका हुन् । चितुवाको आक्रमणबाट पाँच वटा बँदेल मरेका छन् । त्यस्तै यसै अवधिमा दुई वटा चितुवा, दुई वटा रतुवा, एउटा जरायो, एउटा लगुना, एउटा दुम्सी, एउटा बाँदर र एउटा कछुवा मरेका छन् ।

यिनीहरुमध्ये केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जको तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारी दुर्घटना र अन्य जनावरको आक्रमणबाट वन्यजन्तु मर्ने गरेकाले संरक्षणका लागि काँडेतार तथा मेसजाली लगाइएको बताउनुभयो ।

कतिपय वन्यजन्तु निकुञ्जकै मेसजालीमा ठोक्किएर मर्ने गरेको हुँदा ती जालीलाई पनि व्यवस्थित गर्न लागिएको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका बस्तीमा विशेष निगरानीसमेत बढाएको उहाँले बताउनुभयो ।  निकुञ्जका पोष्टमा खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र मध्यवर्तीका बासिन्दा सबै वन र वन्यजन्तुको सुरक्षामा लागि परेको उहाँको भनाइ छ ।