• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

बालबालिकालाई श्रीकृष्णको रुपमा किन सजाइन्छ ? फोटो फिचर



काठमाडौँ: श्रीकृष्ण जन्माष्टमीमा बालबालिकालाईहरु श्रीकृष्णको रुपमा सजाउने गरिन्छ । विद्यालयहरुमा पनि साना कक्षा बालबालिकालाई श्रीकृष्णको रुपमा सजाएको पाइन्छ ।

अभिभावकहरुले आज बालबालिकालाई मन्दिर दर्शन गर्न लैजाँदा त्यसैगरी शृङ्गार गरेको देखिन्छ । घरमै पनि पहेंलो वस्त्र लगाइदिने, बासुरी किनेर बजाउन दिने जस्ता गतिविधि अभिभावकले गरेको देखिन्छ ।

बालबालिकालाई श्रीकृष्णको रूपमा सजाउने परम्परा विशेष गरी श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा किन गरिएको होला भन्ने प्रश्न तपाईंको मनमा आउन सक्छ ।

यो दिन बालबालिकालाई श्रीकृष्णको रुपमा सजाउँदा यसले बालबालिकालाई भगवान् श्रीकृष्णको जीवन र शिक्षाको महत्व बुझ्न मद्दत पुर्‍याउँछ । श्रीकृष्णको बाल्यकालका विचित्र लीला र सत्यको पक्षमा उभिने उनको साहसिकता बालबालिकालाई प्रेरित गर्नका लागि यो परम्परा महत्वपूर्ण मानिन्छ ।

भगवान श्रीकृष्णले अबोध मानवीय बाललीला प्रदर्शन गर्नुभएको थियो । बाललीलामार्फत उहाँले परोाक्ष रुपमा समाजमा अवतरित हुनुको प्रयोजन दर्साउँदै जानुभयो ।

एकपछि अर्को आश्चर्यमय, सनसनीपूर्ण बाललीलाले त्यतिखेरको समाजलाई चकित बनाउँदै यदाकता आफ्ना कुरा पनि राख्ने श्रीकृष्ण कोही न कोही अलौकिक व्यक्ति भएको पूर्ण आभास दिलाएर आफू भगवान नै भएको पुष्टि पनि गरिदिनुभयो ।

अहिले पनि आफ्ना बालबालिका भगवान श्रीकृष्ण जस्तै बहुप्रतिभाशाली बनुन् भनेर कृष्णजन्माष्टमीका दिन सजाउने गरिएको हो ।