३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलायनको वार्षिकोत्सव मनाउँदै रोहिङ्ग्या शरणार्थीहरू



अ+ अ-

एजेन्सी । बङ्गलादेशका शिविरहरूमा बस्ने म्यान्माका दशौँ हजार रोहिङ्ग्या शरणार्थीहरूले आइतबार आफ्नो सामूहिक पलायनको सातौँ वार्षिकोत्सव मनाएका छन् ।

उनीहरूले म्यान्माको रखाइन राज्यमा सुरक्षित फिर्तीको मागसमेत गरेका छन् ।

कक्स बजार जिल्लाको कुटुपलोङ शिविरको खुला मैदानमा ‘रोहिङ्ग्या नरसंहार दिवस’ भनेर चिनिने दिन आइतबार शरणार्थीहरू वर्षाको पर्वाह नगरी ‘होप इज होम’ र ‘हामी रोहिङ्ग्या म्यान्माका नागरिक हौँ’ लेखिएको ब्यानर र तोरण बोकेर भेला भएका थिए ।

सन् २०१७ अगस्ट २५ मा म्यान्माको रखाइन राज्यमा अन्धाधुन्ध हत्या र हिंसाका बीच दशौँ हजार शरणार्थीहरू पैदल र डुङ्गाबाट सीमा पार गरेर बङ्गलादेश जान थालेका थिए ।

विद्रोही समूहले सुरक्षा चौकीमा आक्रमण गरेपछि म्यान्मामा क्रुर कारवाही सुरु भएको थियो । सङ्गठन र उग्रताका कारण कारबाहीको मापनलाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले जातीय सफाया र नरसंहारको आरोप लगाएका थिए ।

बङ्गलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सीमा रक्षकहरूलाई सीमा खोल्न आदेश दिनुभएपछि सात लाखभन्दा धेरै शरणार्थीहरूलाई मुस्लिम बहुल बङ्गलादेशमा शरण लिन अनुमति दिइएको थियो । उक्त आगमन पहिलानै म्यान्माको सेनाले गरेको हिंसाबाट दशकौँदेखि बङ्गलादेशमा बस्दै आएका तीन लाख अतिरिक्त शरणार्थीबाहेकको थियो ।

सन् २०१७ पछि बङ्गलादेशले शरणार्थीहरूलाई फर्काउन कम्तीमा दुई पटक प्रयास गरेको छ र अन्तर्राष्ट्रिय समुदायसँग म्यान्माभित्र शान्तिपूर्ण वातावरणका लागि दबाब सिर्जना गर्न आग्रह गरेको छ । हसिनाले मध्यस्थताका लागि चीनसँग पनि सहयोग माग्नुभएको थियो ।

तथापि हालका दिनमा अराकन आर्मी (एए) नामक समूहले म्यान्माको सुरक्षा बलविरुद्ध लडाइँ सुरु गरेपछि रखाइन राज्यमा अवस्था अझ अस्थिर बनेको छ । नयाँ सिराबाट फैलिएको अराजकताले थप शरणार्थीहरूलाई आफ्नो ज्यान बचाउन बङ्गलादेश र अन्य स्थानमा भाग्न बाध्य बनाएको छ ।

म्यान्माका सयौँ सैनिक र सीमा रक्षकहरूले पनि हिंसाबाट बच्नका लािग बङ्गलादेशभित्र शरण लिएका छन् तर पछि बङ्गलादेशले उनीहरूलाई शान्तिपूर्वक म्यान्मालाई हस्तान्तरण गरिदियो ।

आइतबार बङ्गलादेशका शिविरहरूमा विरोध प्रदर्शन हुँदै गर्दा संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहहरूले म्यान्मामा चलिरहेको अराजकताप्रति चिन्ता व्यक्त गरेका छन् ।

वासिङ्टनस्थित शरणार्थी इन्टरनेसनलले आइतबार विज्ञप्तिमा अवस्थाको वर्णन गरेको छ । “रखाइन राज्यमा पछिल्लो वर्षमा म्यान्माको सैन्य जुन्टा र एएबीच बढेको लडाइँले रोहिङ्ग्याहरूलाई बीचमा पारेको छ र उनीहरूलाई निशाना बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “एएले हालै गाउँहरूमा बमबारी गर्न ड्रोनको प्रयोग गर्दै बुथिडाउङ, मङ्डाउ र अन्य सहरहरूमा घरहरू जलाइदिएको छ ।”

“जुन्टाले रोहिङ्ग्यालाई जबर्जस्ती भर्ती गरेको छ र जवाफी कारबाहीमा गाउँहरूमा बमबारी गरेको छ, दशौँ हजार रोहिङ्ग्या भर्खरै विस्थापित भएका छन् र तीमध्ये धेरैजसो बङ्गलादेशमा भाग्न खोजेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

युनिसेफले सर्वसाधारण विशेषगरी बालबालिका र परिवारहरूलाई गोलीबारीमा निशाना बनाइँदा मृत्यु र गम्भीर चोटका चिन्ताजनक रिपोर्ट प्राप्त भएको बताएको छ । युनिसेफले रखाइनमा मानवीय पहुँचलाई अत्यन्त चुनौतीपूर्ण बनाएको बताएको छ ।