२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी पीडित चतुर्वेदी मृत भेटिए



सांकेतिक तस्बिर ।
अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

मृतक चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।

चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्ति भैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ । चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित सङ्घर्ष समितिका सदस्य राजेशकुमार विष्टले  जानकारी दिनुभयो ।

“उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए, उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए”, उहाँले भन्नुभयो । चतुर्वेदीले उक्त सहकारीमा रु २५ लाख बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित सङ्घर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दैआएका सदस्य विष्टले बताउनुभयो । रासस