२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीचको भगिनी सम्बन्धको प्रशंशा

काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीचको भगिनी सम्बन्धको  प्रशंशा
अ अ+ अ-

नवलपरासी, लुम्बिनी । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीचको भगिनी सम्बन्धलाई रामग्रामका स्थानीय प्रतिनिधिहरुले प्रशंशा गरेका छन् । मंसिर १३ गते भगिनी सम्बन्ध सहमति पत्रमा हस्ताक्षर भएको भोलिपल्ट खमंसिर १४ गते नगरको सभा कक्षमा भेला भएका स्थानीय राजनीतिक प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका अगुवाले काठमाडौंसँग रामग्रामको भगिनी सम्बन्ध हुनु रामग्रामको उपलब्धी भएको टिप्पणी गरे । त्यस दिन रामग्राम नगरले जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं क्षेत्रगत प्रतिनिधिबीच परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । त्यही कार्यक्रममा टिप्पणी प्राप्त भएको हो ।   

स्थानीय शासनमा काठमाडौंको नेतृत्व, काठमाडौंमा भएका बौद्ध र स्वयम्भूसँग रामग्राममा भएको रामग्राम स्तूपको धार्मिक सम्बन्ध, भैरहवाका औद्योगिक क्षेत्रमा उत्पादन भएका सामानको काठमाडौं पठाएर स्थापना भएको आर्थिक र व्यापारिक सम्बन्ध र सहरी व्यवस्थापनका आचरणमा नागरिक संवाद आपसी सम्बन्धका आयाम हुन सक्नेमा प्रतिक्रिया दिनेहरुको भनाइ थियो । यसरी प्रतिक्रियामा दिनेहरुमा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण पौडेल, जनता समाजवादी पार्टीका वरिष्ट नेता बिजय अग्रहरी, राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डे, स्वतन्त्र राजनीतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डेलगायतले धारणा राख्नुभएको थियो । यसैगरी उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरसहितका प्रतिनिधिले भगिनी सम्बन्धका आयामबा विषयका धारणा राख्नुभएको थियो । 

संबैधानिक व्यवस्थाको मर्मअनुसार अन्तरसरकार सहकार्य, साझेदारिता र समन्वयका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रले अन्तरपालिका भगिनी सम्बन्धको लाभलाई स्वीकार गर्नुसक्नुपर्ने बताउनुभएको थियो । यसैगरी निजी क्षेत्रका प्रतिनिधिले रामग्रामका औद्योगिक क्षेत्रबाट उत्पादन भएका सामान र काठमाडौंको व्यापारिक सम्बन्धको दिगोपना हुनुपर्नेमा जोड दिनुभएको थियो । 

काठमाडौंमा सकिएका सहरी पूर्वाधार विकास र नागरिक सहजताका सम्भावना रामग्राममा जीवत छन् । भगिनी सम्बन्धले रामग्रामको आत्मनिर्भरतामा सहयोग पुग्नेछ । त्यस क्रममा टिप्पणी गरिएका थिए । 

यसरी आएका क्षेत्रगत प्रतिनिधिको टिप्पणी सुनिसकेपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — ‘तपाईहरुको प्रतिक्रियाबाट काठमाडौंलाई आगामी नीति तथा कार्यक्रम तर्जुमाका लागि सहयोग पुगेको छ । काठमाडौंमा त्यहीँका स्थानीय मात्र बस्नुहुन्न । दशैं पर्व मनाउन काठमाडौंको छोड्ने लाखौंको संख्या यसको एउटा प्रमाण हो । काठमाडौं सबैको सपनाको सहर हो । यसलाई व्यवस्थापन गर्न हामीले गरेका काममा अन्य नगरले सहयोग गर्नुपर्छ । यो आपसी हितको काम कसरी गर्न सक्छौं ? स्थलगत रुपमा जानकारी लिन हामी रामग्राम आएका हौं । भगिनी सम्बन्धमा हस्ताक्षर काठमाडौंमै पनि हुन सक्थ्यो ।’

आन्तरिक आय बढाउन काठमाडौंले दर होइन, दायरा बढाएको छ । कोविड १९ को महामारी नियन्त्रण गर्न संघ सरकारलेभन्दा अगाडि कोष स्थापना गरेका थियौं । काठमाडौं व्यवस्थापनका अभ्यास सुनाउँदै मेयर शाक्यले भन्नुभयो — ‘स्थानीय सरकार असफल भए भने देश नै असफल हुन्छ । देशलाई असफल राष्ट्र हुनबाट बचाउन पालिकाहरुले सवल सरकारका रुपमा नागरिकका अपेक्षा पूरा गर्नुपर्छ । यो काम सम्भव बनाउन भगिनी सम्बन्ध एउटा सूत्र बन्न सक्छ ।’

काठमाडौंसँगको सम्बन्धबाट हामी समृद्धिका लागि प्रोत्साहित भएका छौं । त्यस क्रममा बोल्दै रामग्रामका नगर प्रमुख नगेन्द्रकुमार गुप्ताले भन्नुभयो — ‘लाभको आशाले भगिनी सम्बन्ध स्थापना गरिएको होइन । तर, काठमाडौंसँगको सम्बन्धबाट उत्साहित भएका छौं । यसबाट स्थानीय राजनीतिक, उद्योग वाणिज्य र नागरिक समाजमा सकारात्मक सञ्चार प्रवाह भएको छ ।’
 
मंसिर १३ गते रामग्राम नगरमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्रकुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गर्नुभएको थियो । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत भगवान गौतम बुद्धको अष्टधातु रहेको प्राचीन नगर रामग्राम र संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाबीच अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलीकरण गर्ने उद्देश्यले भगिनी सम्वन्ध स्थापना गरिएको हो । त्यस समारोहमा लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमोहन चौधरी, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, रामग्रामकी उपप्रमुख रम्भा कुँवरसहित वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।