काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस सांसद गगन थापाले सरकारविरुद्द आक्रोस व्यक्त गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको गिराफ्तारीबारे कांग्रेस सांसद गगन थापाले आक्रोस् व्यक्त गरेका हुन् । सांसद थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक पोष्ट गर्दै आक्रोसित भावना पोखेका छन् ।
उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुन नसकेको र सो कार्य नियोजित भएको बताएका छन् । त्यस्तै वरिष्ठ नेता पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको पनि प्रष्ट्याएका छन् जसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको पनि भनेका छन् ।
लेख्ने क्रममै उनले अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'यो तपाईका लागि निकै महङ्गो पर्ने' भन्दै आक्रोस व्यक्त गरेका छन् । बुधबार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि तनहुँ प्रहरीले वरिष्ठ नेता पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका थिए ।
कांग्रेस सांसद गगन थापाको ट्वीट: