१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाउँछौँ: गृहमन्त्री लेखक

लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाउँछौँ: गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाइएको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रश्तुत गर्नुभएको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको र सुझावहरु ग्रहणयोग्य रहेको बताउनु भयो ।

उहाँले राहत वितरण कार्यविधिमा समस्या रहेको र ति समस्याका कारण सेवाग्राहीहरुले ठिक समयमा सेवा प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले एकद्वार नीति बनाउनुपर्ने र संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माणको रकम उपलब्ध हुने व्यवस्था बनाउनुपर्ने सुझाव आएको बताउनु भयो । सबै तहका सरकारले आफ्नो ठाउँमा काम गर्ने स्थितिको निर्माण गर्दै सबैले समन्वयात्मक रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको छ । जुन ग्रहणयोग्य छन् । कार्यविधिमा समस्या छ । जटिलताहरु छन् । जटिल प्रावधानहरु राखिएको हुनाले सेवाग्राहीहरुले ठिक समयमा सेवा प्राप्त गर्न सकेका छैनन् । पीडितहरु गोलचक्करमा घुमिरहेको अवस्था छ । एकद्वार नीति बनाउनु पर्छ । यसमा संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माण गर्नुपर्छ । ति पनि सम्मान योग्य नै छन् । संघीयताको स्थिति, तीन तहको सरकारको व्यवस्था र यस्ता खालका प्राकृतिक प्रकोपहरुमा सबै तहले आफ्नो आफ्नो ठाउँमा काम गर्ने स्थिति बनोस् र सबैले समन्वयात्मक रुपमा काम गरेर चाँडो भन्दा चाँडो र असल काम प्राप्त हुन सकोस् । भएका समस्या हटाउने र त्यसलाई थप सरल, सहज र लाभग्राहीले चाँडो भन्दा चाँडो लाभ प्राप्त गरुन् भन्ने स्थिति बनाउन सरकार गम्भीर छ ।’

गृहमन्त्री लेखकले भूकम्पपीडितहरुको चुस्त, दुरुस्त विवरण संकलन गरी सोको आधारमा राहत एवं अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताउनु भयो । उहाँले भूकम्पबाट रुकुम पश्चिममा क्षति भइ पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ रहेको बताउनु भयो ।