२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैन: माधव नेपाल



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

सत्तारुढ काँग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रश्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताविना सम्भव नरहेको दाबी गर्नुभएको हो ।

आईतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको सपथग्रहण समारोहमा बोल्दै उहाँले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पार्नुभयो । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाई थियो । उहाँले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमती मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याउनु भयो । उहाँले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘यो समिकरण रातारात परिवर्तन भयो । कसरी मान्छेहरुलाई झुक्याइँदो रहेछ । हुन त सबै झुक्किँदा रहेनछन् । धेरै सोझो भएर पनि झुक्किदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन् । यो सत्ता समिकरण परिवर्तन गर्नेहरुको राम्रो उद्देश्य थियो ? राम्रो देखिँदैन । संविधान संशोधन गर्ने उद्देश्य थियो ? संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छ ?त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैन? सार्वजनिक बहसको विषय बनाउनु पर्दैन । त्यसो हुनाले यो जुन हिसावले संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ । के हो के? बुझ्न सकिएको छैन । त्यो हुनाले अहिलेनै म धेरै टिप्पणी गर्न चाहन्न । पहिले विषयबस्तुहरु आओस, कुराहरु आओस् । तर हाम्रो सहभागिता बिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ । त्यो सम्भव छैन ।’

‘हाम्रो संख्याले पनि दिँदैन म भन्छु तपाईहरुलाई । हाम्रो संख्या र त्यसमा सहभागी नभएकाहरुको संख्याले यो संविधान संशोधन गर्न दिँदैन । त्यो हुनाले हाम्रो सहभागिता विना त्यो उपाय नै छैन । हाम्रो सहभागिताको सन्दर्भमा आउनुहोस्–बसेर छलफल गरौं । विगत २०७२ सालदेखि अहिले २०८१ सालसम्म नौ वर्षको समिक्षा गरौँ । पुराना संविधानको प्रावधानलाई पनि समिक्षा गरौँ । संसारको अरु देशको संविधानलाई पनि हेरौं । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौ । यस आधारमा कहाँ कहाँ सुधारको आवश्यकता छ रु सुधार आवश्यक छैन होइन, जरुरी छ । तर सुधार गर्दाखेरी समग्र पक्षलाई नसोची गर्दाखेरी समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसावले अगाडि बढाउन खोजिएको छ । त्यो बडो सन्देशस्पद छ । फेरि दुई पार्टी परिपाटीको कुरा पनि सारिएको छ । त्यो नेपालमा सम्भव छैन ।’

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताउनु भयो ।




भर्खरै