७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

खुशीको खबर ! बेलायतमा अर्काे हप्तादेखि कोरोनाको खोप लगाइने

खुशीको खबर ! बेलायतमा अर्काे हप्तादेखि कोरोनाको खोप लगाइने
अ+ अ-

बेलायतले अर्काे हप्तादेखि कोभिड १९ भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने भएको छ । यूके फाइजररबायोएनटेक खोपलाई आम रुपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको समाचार आज प्राप्त भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म प्रभावकारी रहेको भनिएको सो खोप आगामी सातादेखि नै लगाउन सुरु गर्न सकिने बताइएको छ । 

शुरुमा यो खोप कसलाई दिने भनेर केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ । यूकेले सो खोपको चार करोड मात्रा किनिसकेको र सो मात्रा कम्तीमा पनि दुई करोड मानिसलाई पर्याप्त हुने बिबिसीले जनाएको छ ।

फाइजर–बायो एनटेक औषधि इमरजेन्सी भएमा यसको प्रयोग गर्न पाइने गरी बेलायतको औषधि नियामक निकायले आज नै स्वीकृति दिएको छ । बेलायत कोभिड महामारी विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै पहिलो देश बनेको पनि बिबिसीले जनाएको छ ।

आगामी हप्ता नै यो खोपको प्रयोग गर्न सकिने भएको छ । बेलायत सरकारले आगामी हप्ता नै नागरिकलाई यो खोप सेवा दिने भएको छ । 
अर्काे हप्ताका लागि अत्यन्त आवश्यक परेका र गम्भीर प्रकृतिका विरामीलाई एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ । खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ ।

दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए ।
एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले यूकेको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तैयारी गरिरहेको बताएका छन् ।
खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ । 

यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।

यो खोप पत्ता लागेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले निकै खुशी व्यक्त गरेका छन् । उनले अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने कुराले आफूलाई धेरै खुशी बनाएको बताए । 
उनले आफ्नो ट्वीटरमार्फत् यो निकै महत्वपूर्ण काम भएको र यसले बेलायतमात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताए । यसबाट अब बेलायतको आर्थिक विकासमा पनि सहयोग पुग्ने उनले बताए ।