• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी



त्रिशूली । तिजपर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।

तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्रीकक्षमार्फत उद्यमी र उपभोक्तालाई लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सङ्घका सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिजपर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला तथा विकृति फैलाउने कार्यक्रम आयोजना हुने गरेकामा वाणिज्य सङ्घले पहिलोपटक बिक्री तथा प्रदर्शनी आयोजना गरेको हो । यसबाट उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको छ ।

“प्रदर्शनीमा तरकारी र मसालेदार बाली उपभोक्ताको रोजाइमा परेको छ”, सचिव थपलियाले भन्नुभयो, “हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बुनेका कपडा, सरसफाइलगायत दैनिक जनजीवनमा प्रयोग हुने सामग्रीको कारोबार उत्साहजनक छ ।”

सहुलियत शुल्कमा स्थानीय उत्पादनका सामग्री ताजा र सहुलियत शुल्कमा उपलब्धताले उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई फाइदा पुगेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताउनुभयो । तिजका बाहनामा हुने भड्किला कार्यक्रमको साटो महिला उद्यमीलाई प्रोत्साहन र उपभोक्तालाई सहुलियत शुल्कमा गुणस्तरीय सामग्री उपभोगको अवसर मिलेकाले आगामी दिनमा यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । रासस