१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

बन्दीपुरमा बाघजात्रा प्रदर्शन

बन्दीपुरमा बाघजात्रा प्रदर्शन
अ अ+ अ-

दमौली । पर्यटकीय तथा सांस्कृतिक नगरी तनहुँको बन्दीपुरमा शनिबार राति बाघजात्रा निकालिएको छ । संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित खड्गमाई सांस्कृतिक परिवारको आयोजनामा बाघजात्रा प्रदर्शन गरिएको हो । बाघजात्रा प्रदर्शन अगाडि शनिबार बिहान सर्वसाधारणलाई निम्तो बाँडिएको थियो ।

जात्राहरूको संरक्षण गर्ने उद्देश्यसहित बाघजात्रा देखाइएको सांस्कृतिक परिवारका सचिव सुजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्कृति, रितीरिवाज लोप हुन दिनु हुँदैन, यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यसहित बाघजात्रा प्रदर्शन गरिएको हो ।”

परिवारका अध्यक्ष गेहेन्द्र प्रधानले बन्दीपुरका नेवार समुदायले यहाँ जात्राहरूका संरक्षण गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बाघजात्राको दिन गरिएको अभिनयअनुसार दु:ख दिने बाघलाई सिकारीले लखेटेर मारेका छन् । बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा यहाँका नेवार समुदायका व्यक्तिहरूले अभिनय गरेका थिए ।

बन्दीपुरमा जात्राको संरक्षणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा मिलेको नेवा: पुचका अध्यक्ष किसान प्रधानले बताउनुभयो । यहाँ दुई सय ५० वर्ष पहिलेदेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् ।

प्रधानले भक्तपुरबाट बसाइँसराइ गरी आएका नेवार समुदायले यहाँ संस्कृतिको संरक्षण गरिरहेको उल्लेख गर्नुभयो । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । यहाँका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाइने गरिन्छ ।

भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरूसँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका नेवारहहरू बन्दीपुर प्रवेश गरेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण यहाँ आजसम्म विभिन्न जात्राको परम्परा छ ।

बन्दीपुरको बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण यसको नामकरण मगर भाषामै गरिएको छ । मगर भाषामा वन भनेको जङ्गल र डी भनेको पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

बन्दीपुर बजारमा एक सय ३४ घरपरिवार नेवार समुदायको छ । यहाँ भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । यहाँका नेवार समुदायले बिस्केट जात्रा, लाखेनाच, गाईजात्रा, बाघजात्रा, रोपाइँजात्रालगायत मनाउँदै आएका छन् । रासस