२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

कोरिया जाने प्रक्रिया चाँडै शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपियो

कोरिया जाने प्रक्रिया चाँडै शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपियो
अ अ+ अ-

सउल । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो ।

बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो । छलफलपश्चात् छ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटियु अध्यक्ष उदय राईले बताउनुभयो ।

छलफलमा एमटियुले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायतको कुरामा जोड दिएको थियो । छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन शुरु गरिएको बताए ।

अब छिट्टै नेपाललगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अवधि सकिन लागेको श्रमिकको छ महिना समयावधि थप गरिने कुरा बताए । सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० (५९.१५ प्रतिशत) अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा छ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् । गोरखापपत्र दैनिक