१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

हेमजा स्वास्थ्यचौकीबाट के सिक्न सकिन्छ ?

हेमजा स्वास्थ्यचौकीबाट के सिक्न सकिन्छ ?
अ अ+ अ-

गण्डकी । अहिलेसम्म ६४ स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविका सहभागी रहेको भ्रमण टोलीले हेमजा स्वास्थ्यचौकीको भ्रमण गरिसकेका छन् । पोखरा महानगरपालिका–२५ हेमजास्थित स्वास्थ्यचौकीको स्थलगत अवलोकन गर्न बिहीबार यहाँ पुग्दा रमणीय र शान्त वातावरणमा कार्यसम्पादन भएको पाइयो ।

बिहान ९:०० बजेतिर यहाँ पुग्दा स्वास्थ्यचौकीको मूल प्रवेशद्वार खुलिसकेको थियो । चिटिक्क सिँगारिएको स्वास्थ्यचौकी भवन नियाल्दै हामी भित्री परिसरमा गयौँ । भवनबाहिरको हरित उद्यानले स्वास्थ्यचौकीको व्यवस्थापन पक्ष सरसफाइ र पर्यावरणीय स्वच्छतामा कतिसम्म संवेदनशील छ भन्ने देखाउँछ ।

स्वास्थ्यचौकी भवनको भित्री कक्षमा नछिर्दै हाम्रा आँखा छेवैका भित्तामा अडिए । नागरिक बडापत्र, स्वास्थ्यचौकीको वार्षिक कार्ययोजना, सूचीकृत औषधिको विवरण, मासिक प्रगति विवरण, सेवाग्राहीका अधिकार र सेवा प्रदायकको दायित्व, स्वास्थ्य सचेतना जगाउने उपाय र तरिकाबारेका सचित्र विवरण सेवाग्राहीले सहजै देख्ने स्थानमा राखिएको पायौँ । स्वास्थ्यचौकी भवनको दोस्रोतलाको बाहिरपट्टि ‘डिजिटल डिस्पले’मार्फत पनि स्वास्थ्यचौकीसँग सम्बन्धित सूचना र विवरणहरू सार्वजनिक गरिएको थियो ।

सधँै ९:०० बजे कार्यकक्षमा हाजिर हुने स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले स्वास्थ्यचौकीका सबै कक्ष घुमाउँदै भौतिक संरचना, सेवा प्रवाह र व्यवस्थापकीय पक्षबारे विस्तृतमा सुनाउनुभयो । विसं २०७८ मा बनेको स्वास्थ्यचौकीको भवन अपाङ्गमैत्री रहेको उहाँले बताउनुभयो । सेवाग्राहीको सुविधालाई हेरेर स्वास्थ्यचौकीमा युरो गार्डमार्फत स्वच्छ पिउने पानी, इन्टरनेट, मोबाइल चार्जिङ स्टेशनलगायत सुविधको प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो ।

सुविधायुक्त सभाकक्षसहित ज्येष्ठ नागरिकका लागि भजन सङ्र्कीतन, बाती काड्ने र योग कक्ष निर्माण अगाडि बढेको प्रमुख शर्माले सुनाउनुभयो । जनस्वास्थ्य कार्यक्रममार्फत स्वस्थ समाज निर्माणलाई मूल उद्देश्य बनाएको स्वास्थ्यचौकीले सुरक्षित मातृत्व तथा परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

मनोसामाजिक परामर्शका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । पाठेघरको मुखको क्यान्सर जाँचको सुविधा पनि स्वास्थ्यचौकीमा हुन्छ । “स्वास्थ्य प्रोटोकलअनुसार महिलाको नियमित गर्भजाँच, परामर्श, सुरक्षित गर्भपतनलगायत सेवा यहाँ उपलब्ध छन्”, प्रमुख सुवेदीले भन्नुभयो, “विभिन्न अस्पतालसँगको सहकार्यमा हरेक महिना नि:शुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गर्ने गरिएको छ ।”

प्रमुख सुवेदीसँगको कुराकानीपछि ८१ वर्षीय भक्तप्रसाद तिमिल्सिनासँग स्वास्थ्यचौकीमा भेट भयो । उहाँ आफ्नो नियमित स्वास्थ्य जाँच र औषधि लिन यहाँ आउनुभएको थियो । “यहाँबाट स्वास्थ्य सेवा पाउँदा हामीलाई साह्रै खुसी लाग्छ, बिरामीलाई गर्ने व्यवहार पनि राम्रो छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीले दिने सेवाबाट हामी सन्तुष्ट छौँ ।”

स्वास्थ्यचौकीले ७० वर्ष कटेका र जुनसुकै उमेरका दीर्घरोगीलाई घरमै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा सुरु गरेपछि आफूजस्ता कैयन नागरिकले लाभ लिइरहेको उहाँले सुनाउनुभयो ।

दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्यचौकीले गत वैशाखदेखि ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु गरेको थियो ।

“महानगरको नमूना कार्यक्रमका रूपमा वडा नं २५ बाट उक्त कार्यक्रम सुरु गरिएको हो”, प्रमुख सुवेदीले भन्नुभयो, “ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ ।” सरकारले सूचीकृत गरेका औषधि घरमै लगेर नि:शुल्क वितरण गरिने उहाँको भनाइ छ ।

स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यसचिवसमेत रहनुभएका सुवेदीले समुदायमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम सँगसँगै गर्ने गरिएको बताउनुभयो ।

“विशेषगरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित खाए/नखाएको अनुगमन गर्ने, जटिल अवस्था भए अस्पताल जान सुझाव दिने काम हामीले गर्छौँ”, उहाँले भन्नुभयो, “दुई महिनाको एकपटक घरमै पुगेर सेवा दिनेगरी कार्यविधि बनेको छ, अत्यावश्यक परेको खण्डमा जुनसुकै बेला सेवा दिन्छौँ ।”

कार्यक्रमबाट उच्च रक्तचाप, मधमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई बढी लाभ पुगेको सुवेदीको भनाइ छ । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य अनुगमन गर्ने र अस्पताल जानुपर्ने अवस्था भए सोहीअनुसारको सल्लाह तथा परामर्श दिने उहाँले बताउनुभयो । वडावासीलाई स्वस्थ्य आहारबिहार र जीवनशैलीबारे पनि शिक्षा तथा जानकारी दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

आधारभूत स्वास्थ्य जाँचअन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा, मधुमेह, कमलपित्त, नाडीको चाललगायत सेवा रहेका छन् । मुटुरोग, श्वासप्रश्वास, दम, क्यान्सरलगायत नसर्ने रोगबारे जानकारी एवं सचेतना प्रदान गर्ने गरिएको प्रमुख सुवेदीले बताउनुभयो । हरेक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार रहन यो कार्यक्रमले मद्दत पुर्‍याइरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्यचौकीले परिवार नियोजन सेवा पनि प्रवाह गर्दै आएको स्वास्थ्यचौकीका सिनियर अहेब देवी अर्मजा थापाले जानकारी दिनुभयो । “परिवार नियोजनमा कण्डम, पिल्स, डिपो, इम्पलान्ट र आयुसिडी गरी पाँच प्रकारका सेवा यहाँ उपलब्ध छन्”, उहाँले भन्नुभयो, “समुदायस्तरमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रम पनि नियमित सञ्चालन गर्ने गरिएको छ ।”

स्वास्थ्यचौकीले हरेक महिना वडाका पाँच स्थानमा खोप तथा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको छ । वडालाई पूर्ण खोपसहित दिगोपनाको सुनिश्चितता भएको वडाका रूपमा घोषणा गरिएको छ । गुणस्तर सुधार तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा स्वास्थ्यचौकीलाई गत वर्ष ८३ अङ्क प्राप्त भएकामा चालु आवमा ९० अङ्क पुर्याउने लक्ष्य लिइएको जनाइएको छ । नियमित तथ्याङ्क गुणस्तर मूल्याङ्कन र स्वास्थ्य सूचना व्यवस्थापन चुस्त बनाइएको छ । बिरामी दर्तालगायत स्वास्थ्यचौकीबाट हुने प्रशासनिक काम अनलाइन प्रणालीमार्फत गर्ने गरिएको छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले हेमजा स्वास्थ्यचौकीले सुरु गरेको ‘नागरिक आरोग्य कार्यक्रम’ महानगरभित्रको पहिलो कार्यक्रम रहेको बताउनुभयो । “चुस्त व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका दृष्टिले हेमजा स्वास्थ्यचौकी अन्य स्वास्थ्यचौकीका लागि अनुकरणीय बन्न सक्छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र स्थानीय समुदायसँगको समन्वयात्मक भूमिका कारण पनि हेमजा स्वास्थ्यचौकीले फड्को मार्न सफल भएको हो ।”

महाशाखा प्रमुख आचार्यले उक्त स्वास्थ्यचौकीलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्न तयारी अगाडि बढेको बताउनुभयो । “सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि आवश्यक पूर्वाधार तयारीको काम भइरहेको छ, छिट्टै जनशक्ति गरेर यसलाई सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो, “मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको टोली यसमा हुन्छ, अहिलेको भन्दा थप स्तरीय सेवा केन्द्रमार्फत प्रवाह हुन्छ ।”

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनेपछि स्वास्थ्य बीमाको सिफारिस पनि सोही केन्द्रबाट हुने उहाँले बताउनुभयो । उक्त केन्द्रमा प्रयोगशाला, फार्मेसीलगायत सेवा थप हुने उहाँको भनाइ छ । महाशाखा प्रमुख आचार्यका अनुसार पाखरा महानगरअन्तर्गत ४९ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । ती स्वास्थ्य संस्थामा रहेका तीन सय ५० भन्दा बढी स्वास्थ्यकर्मी नागरिकको सेवामा खटिएको उहाँको भनाइ छ ।

महानगरका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी कृष्णप्रसाद तिवारीले हेमजा स्वास्थ्यचौकीले प्रवाह गर्ने सेवामा स्तरीयता र सिर्जनशीलता झल्केको आफूले पाएको बताउनुभयो । “महानगरभित्रका सबै स्वास्थ्य संस्था आफ्नो ठाउँमा अब्बल नै छन्, तर हेमजा स्वास्थ्यचौकी कार्यक्रम कार्यान्वयनका दृष्टिमा अन्यभन्दा केही भिन्न छ”, उहाँले भन्नुभयो, “ऊ आफैँले गर्ने स्व:मूल्याङ्कन, नियमित समीक्षा, सामाजिक परीक्षण, सेवाग्राहीको सन्तुष्टि परीक्षण, जवाफदेहिता तथा पारदर्शिता, सूचना व्यवस्थापनलगायत असल अभ्यास देशका अन्य स्वास्थ्यचौकीका लागि पनि प्रेरणादायी छन् ।”रासस