१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

वीरगञ्जमा साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्जमा साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन
This image shows Birgunj Customs Office in Parsa district in March 2020. Photo courtesy: Rajan Prasad Ghimire.
अ अ+ अ-

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गर्नुभयो । “चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व सङ्कलनले आगामी दिनको दिशानिर्देश गर्नेछ”, उहाँले भन्नुभयो ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा रु चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् रु चार अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व सङ्कलन रु ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व सङ्कलनमा केही कमी आएको बताउनुभयो । कार्यालयले आव २०७९/८० को साउनमा भने रु तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो । रासस