२२ असार २०८३, सोमबार
,
Latest
रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै



अ+ अ-

भैरहवा । पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।

श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिन मनाइने यो पर्व विशेषत: कुशको पूजा गरी सुरु हुन्छ । महुवाको पातमा महुवाको फल, दही, तिन्नीको चामललगायत राखी महिलाहरु सामूहिक रुपमा धार्मिक स्थलमामा गई कुशको पूजा गर्ने गर्दछन् । त्यसपछि सन्तानलाई दही, तिन्नीको चामल, महुवाको पललगायतको टिका लगाई प्रसाद खान दिन्छन् ।

उनीहरुले दिउँसो सामूहिक रुपमै विभिन्न कथा श्रवण गर्ने र तिन्नीको चामलले पकाएको भात खाने गरेका छन् । व्रतमा प्राकृतिक फलफूल, पकवानहरु, दही, महुवा, साग र तिन्नीको भातलगायत सामग्री प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाकै दातुनले दाँत माझ्ने गरिन्छ । यसै तिथिमा भगवान् श्री कृष्णको दाजु बलरामको जन्मोत्सव मनाउने पराम्परा रहेकाले खेतमा उब्जिएको वा हलोले जोतेर उब्जाएको कुनै अन्न खानु हुँदैन भन्ने मान्यता छ । रासस