९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै शक्ति लागे पनि नेकपा फुट्दैनः मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।’ उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गर्नुभयो । अहिले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेकाले पार्टी फुटिहाल्ने कुरा गर्नु गलत भएको बताउँदै उहाँले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत भएको बताउनुभयो । प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वहरुले अहिले सरकार फेर बदल हुने तथा कम्युनिस्टहरुको एकता टुट्दै छ भन्ने हल्ला फिँजाएको र त्यस्ता हल्लाका पछि नलाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद हर्कबहादुर सिंहले कम्युनिस्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेकाले त्यो षड्यन्त्र कुनै हालतमा सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेकपाले गरेको विकासका काम सहन गर्न नसकेर पार्टी एकता विभाजन गराउन खोज्नेहरूले षड्यन्त्र गरेका छन्, उनीहरुको योजना कुनै हालतमा सफल हुने छैन ।’ नेपाल समाचारपत्र दैनिक