२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

यस वर्षको एसईई परीक्षा लिने विषयमा अन्योल सिर्जना

यस वर्षको एसईई परीक्षा लिने विषयमा अन्योल सिर्जना
अ अ+ अ-

काठमाडौं । यस वर्षको एसईई परीक्षा लिने विषयमा अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडको कारण गएको एसईई परीक्षा विद्यालयले लिएको थियो तर शैक्षिक सत्र २०७७ को परीक्षा कसले सञ्चालन गर्ने निर्णय हुनसकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले अन्योल अन्त्य गर्न मन्त्रालयलाई पत्र पठाएको छ । गएको आइतबार बसेको बोर्डको बैठकले परीक्षा कसले सञ्चालन गर्ने भन्ने विषयमा तत्काल निर्णय गरिदिन मन्त्रालयलाई अनुरोध गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले गएको परीक्षा बाधा अड्काउ फुकाउका रुपमा रहेकाले यो वर्ष कसरी सञ्चालन गर्ने भन्ने विषयमा समस्या परेको बताउनुभयो । ‘बोर्डले लिने हो भने आवेदन खोल्ने बेला भइसकेको छ, परीक्षा व्यवस्थापन गर्न ढिलो भएकाले तत्काल निर्णय गर्न जरुरी छ।’ –पौडेलले भन्नुभयो । शिक्षा ऐनको आठौ संशोधनले कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा लिने उल्लेख छ । व्यवस्थापिका संसद्को शिक्षा उपसमितिले एसईई परीक्षा प्रदेश सरकारलाई दिन आग्रह गरिसकेको छ । तर अहिलेसम्म मन्त्रालयले निर्णय नगर्दा समस्या बढेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईई परीक्षा सञ्चालन गर्ने अधिकार कसलाई दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘यस विषयमा सबै सरोकारवाला निकायसंँग छलफल गरिरहेका छौं, केही दिनपछि निर्णय हुनेछ ।’ सरकारले हालसम्म सार्वजनिक गर्न नसकेको शिक्षा नीतिमा एसईई परीक्षा प्रदेश तहले लिने उल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई र कक्षा ११ को परीक्षा कसले सञ्चालन गर्ने भन्ने विषयमा छलफल शुरु गर्नुभएको छ । मन्त्री पोखरेलले प्रदेशका सामाजिक विकास मन्त्रालय र अन्य सरोकारवाला निकायसंँग छलफल गरी छिट्टै निर्णय गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले भने अहिलेकै अवस्थामा प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न नसक्ने तर्क राख्दै आएको छ । मन्त्रालयका अधिकांश अधिकारी यस वर्षको एसईई परीक्षा प्रदेश र ११ को विद्यालयले नै लिनुपर्ने पक्षमा रहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का नियन्त्रक रामराज खकुरेलले पनि मन्त्रालयले समयमै निर्णय गर्र्नुपर्ने तर्क राख्नुभएको छ ।

एसईई र १२ को परीक्षा सर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म परीक्षाको विषयमा निर्णय नगरेको कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा सर्ने निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अहिलेसम्म कुनै तयारी नभएको कारण परीक्षा सर्ने निश्चित भएको स्पष्ट पार्नुभयो । हुनत विद्यालयमा ढिलो गरी कक्षा सञ्चालन भएको कारण परीक्षा सर्नु स्वाभाविक हो । पौडेलले भन्नुभयो– ‘अहिलेसम्म ढिलो भएको कारण परीक्षा सर्ने लगभग निश्चित भइसकेको छ ।’ बोर्डका अध्यक्ष प्राडा पौडेलले मन्त्रालयले तत्काल निर्णय गरे पनि एसईई र कक्षा १२ को परीक्षा करिब एक महिना ढिलो हुनसक्ने जानकारी दिनुभयो । बोर्डले मन्त्रालयलाई पठाएको पत्रमा परीक्षाको विषयमा चाँडै निर्णय गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्त दीपक शर्माले कोभिडको कारण पढाइ ढिलो सञ्चालन भएकाले परीक्षा ढिलो हुनसक्ने सम्भावना रहेको बताउँदै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिक