८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध



अ+ अ-

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । रासस