३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्यायाधीश पराजुलीको सुझाव, २७ अर्बमा २७ सय गड्यौला मल कारखाना, त्यसपछि मलमा आत्मनिर्भर



अ+ अ-

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले रासायनिक मलमा सरकारले दिएको अनुदानले किसानको जीवनस्तर सुधार गर्न नसकिने बताउनुभएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले गड्यौला मल कारखाना खोल्न सरकारलाई सुझाव दिनुभएको छ ।

न्यायिक क्षेत्रबाट अवकाश पाएपछि कृषिकर्ममा रमाउँदै आउनुभएका पराजुलीले सामाजिक सञ्जालमार्फत् सरकारलाई सुझाव दिनुभएको हो । उहाँले रासायनिक मलमा सरकारले बर्सेनि किसानलाई २७ अर्ब रुपैयाँ अनुदान दिने गरे पनि त्यसले कुनै उपलब्धि हुन नसकेको बताउनुभएको हो । बरु २७ अर्ब रुपैयाँमा २७ सय वटा गड्यौला मल कारखाना स्थापना गर्ने र त्यसपछि विस्तारै नेपाल मलमा आत्मनिर्भर हुने तर्क गर्नुभएको हो ।

उहाँले सामाजिक लेख्नुभएको छ–

धेरै दिन पछि फेरि विहानै एउटा अभिव्यक्तिले कुतकुत्यायो लेख्ने इच्छा भित्र धेरै विषय आए ।तर भन्नै पर्ने एउटा पीडा किसान कै हो । त्यो पीडा हिजो पनि थियो आज पनि छ र भविष्यमा झन चर्कने संभावना छ ! त्यो हो किसानलाई दिइने रासायनिक मलको विषय । के रासायनिक मलले जमिनको मौलिक संरचनालाई सुधार गर्न सक्यो ? के त्यो अनुदानले किसानको जीवन स्तरलाई सुघार गर्न सक्यो ? के त्यसको प्रयोगसँगै किटनाशक औषधिको प्रयोगमा वढोत्तरी भएको हैन ? के त्यो अनुदानले हाम्रो रैथाने वालीहरुको वास्ना र स्वादलाई विस्थापन गरेको होइन ? हामी कृषि प्रधान मुलुकबाट आज विकृत कृषि युगतर्फ वरोलो लाग्दै छैनौ? के त्यत्तो अनुदानको प्रभावले युवाहरु नेपालमा वसेर कृषिमा रमाउन सके? खै त हाम्रो हिजो (१९५३) मा दक्षिण कोरिया सम्म कृषि उत्पादन अनुदान दिन सक्ने क्षमतामा आज विकास भएको ?

वरु कोदो, फाफर, मास, काउनी, मस्याम, भटमास, सिलाम, अनदी वोडी, जस्ता अनेकन गेडागुडी विदेशबाट आयातित गरेर त्यसैको स्वादमा रमाएका छौं । यसको अनेकन कारण छन्, तर मुख्यकारण हामी अरुको देखासिखीमा भित्री रहस्य नबुझी रमाउने र अनुदानवाट मख्ख पर्ने अनी आफ्नो मौलिकता सिप ज्ञानको कदर नगर्ने र रासायनिक मलको अनुदानमा मख्ख पर्ने । म दावाका साथ भन्छु आज दिइने भनिएको २७ अर्वको अनुदानले २७०० सय गडेउला मल कारखाना स्थापना गर्न सकिन्छ । यसको विकास गर्दै गइयो भने मलमा नेपाल आत्मनिर्भर हुन्छ । त्यसवाट गाई वस्तु पाल्ने हरुले उनीहरुको काचो मल वेच्न पाउने र स्वदेशमा नै रोजगारको श्रृजना हुन सक्छ । वातावरण मा शुद्धिकरण र गाउँघरमा भएको झार पात फोहोर को प्रयोग र यही देशको खिर्यो, पाति, असुरो, सिमली आदिको प्रयोगबाट किटनासक आौषधी पनि वनाउन सकिन्छ । रोकौ परनिर्भर वनाउने अनुदान उत्पादन गरौ गोवर आमदानी वढाउ दोवर । अरु पछि ।