२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

सरकारसँग मिलेर अर्थतन्त्र उकास्ने जोड

सरकारसँग मिलेर अर्थतन्त्र उकास्ने जोड
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्नुभएको छ। भेटका क्रममा पदाधिकारीले सरकारसँग मिलेर अर्थतन्त्र उकास्न लाग्ने बताउनुभएको थियो। अध्यक्ष शेखर गोल्छाले अबको समय मुलुकको उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका विषयमा निकै धेरै काम गर्नुपर्ने भएकाले महासंघले सोही अनुसार तयारी गरेर अघि बढ्ने बताउनुभयो । 

अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धान गर्ने गोल्छाले बताउनुभयो। कोभिड संकटमा महासंघले दिएका कतिपय सुझाव बजेट तथा मौद्रिक नीतिमार्फत सम्बोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीले मौद्रिक नीतिमार्फत दिइएका सुविधा कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरिरहेको उद्योगीहरुको गुनासो छ। 

मौद्रिक नीतिमार्फत दिइएका सुविधा अक्षरश लागू गर्न उनले ध्यानाकर्षण गराए। समग्रमा साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजकै खाँचो रहेको उहाँको भनाइ छ। ‘त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस्।’उनले भने। महासंघले “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडि बढाएको पनि उनले बताए। महासंघले तयार गर्ने उक्त डकुमेन्ट विभिन्न देशका सफल अनुभव र मोडलका आधारमा तयार गरिने बतायनुभयो। डकुमेन्ट तयारीपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा अर्थतन्त्र अघि बढाउने उहाँको भनाइ छ। 

तत्कालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्य तय गरी आर्थिक विमासमा लाग्ने अध्यक्ष गोल्छाको भनाई छ। अध्यक्ष गोल्छाले राजस्व बोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निर्यातलाई अझ बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो। रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको साझेदारीको रुपमा हेर्नुपर्ने उहाँको भनाइ छ। कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन पनि उहाँले बताउनुभयो । 

अर्थमन्त्री  विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभयो। निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन नसक्ने स्पष्ट पार्नुभयो। बजेट र मौद्रिक नीतिमार्फत संवोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । अन्नपुर्णपोष्ट दैनिक