१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति समाजद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, विभिन्न संस्थालाई नगद तथा पुस्तक सहयोग



अ+ अ-

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा बिहिवार तुलसीपुरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनारको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विभिन्न संस्थालाई नगद तथा पुस्तक सहयोग गरिएको छ । अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि समर्पित रोशन गिरीलाई कार्यक्रममा सम्मान गरिएको हो । आज डिसेम्बर ३ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शान्ति समाजद्वारा अन्तरक्रिया सम्मपन्न भएको हो । अपागंता भएका व्यक्तिहरु सम्बन्धी अन्तराष्ट्रिय दिवसकै सन्दर्भमा शान्ति समाज रुपन्देहीले मंसिर १८ गते बुटवल १५ स्थित लुम्बिनी अपांग दुष्टिबिहिन अनाथ आश्रमलाई सेतो छडि, खाद्यान्न/तरकारी सहयोग प्रदान गरेको छ ।

शान्ति समाजका तर्फबाट केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, शाखा सभापति धनपति खनाल(डिपी), सह सचिव कपिल ज्ञवाली, कोषाध्यक्ष कृष्ण भट्टराईसहितको टोलीले सहयोग हस्तान्तरण गरेको थियो । यसैगरी मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौ बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका ५ जनालाई रु. १५ हजार नगद सहयोग प्रदान गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीसहित पदाधिकारीहरुले मंसिर १८ गते काठमाण्डौमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, शान्ति समाजका महासचिव सुशील बस्नेत, अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि निरन्तर क्रियाशील अधिकारकर्मीहरु तिलसरा पुन लगाएतका अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । यस भन्दा पूर्व २० नोभेम्बरः अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले असहाय बाल बालिकाको सरक्षणका लागि कार्यरत सुनौलो पाइला परिवार काठमाडौं लाई रु १५ हजार नगद सहयोग प्रदान गरेको थियो ।
बाल अधिकार दिवसकै दिन शान्ति समाज दाङ शाखाले केही असहाय बालबालिकालाई सहयोग स्वरुप खाद्यान्न, शैक्षिक सामग्री र केहि नगद सहयोग प्रदान गरेको थियो ।

पुस्तक सहयोग प्रदान गर्ने सन्दर्भमा कृष्ण पहाडीसँग रहेको ३०० र शान्ति समाजसँग रहेका १०० गरि ४०० पुस्तक कैलालीस्थित टिकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरिएको छ । कृष्ण पहाडीले यसअघि आफुसँग रहेका दर्जनौ बस्त्र केहि सामाजिक संस्थालाई प्रदान गरिसक्नु भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मंसिर २५ गते मध्यान्ह् १२ बजे शान्ति समाजले आणविक हतियार निषेध सन्धीलाई शिघ्र अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको आह्वानसहित काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गर्दैछ ।