• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल ★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना ★   ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’ ★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो



म्याग्दी : धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो । “आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,” उहाँले भन्नुभयो “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।”

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताउनुभयो । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ ।

गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस