१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन

चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरुको बलो बजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिनुभयो । त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सभापति खानले चिनीलगायतका कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथमूल्य पसलहरु मुलुकको विभिन्न स्थानमा बिस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुन: जानकारीका लागि पत्रदेखि पठाउने । चिनीको अभाव हुन नदिनेगरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने ।’

बैठकमा सांसदहरुले खाद्यबस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द बरालीले उपभोक्ताको ज्यानै जाने भएकाले सरकारले खाद्य वस्तुमा हुने मिसावट नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले बजारमा खाद्य बस्तुको अभाव हुन नदिनेगरी सरकारले बजारको अनुगमनको काम गर्नुपर्ने बताउनु भयो ।
सांसद बरालीले भन्नुभयो, ‘अखाद्य वस्तुको नियन्त्रण । महंगीले ढाड सेके पनि बरु बाहिर नै सेक्छ । त्यो अखाद्य विषाक्त चिजले त भित्र नै सेक्ने भयो । जीवन नै जाने भयो । त्यसको निगरानीमा सरकारको तर्फबाट, संसदको तर्फबाट र सम्बन्धित निकायको तर्फबाट ध्यान दिनुपर्ने विषय यो पनि हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले विचौलियाहरुले बजारको रजगज गर्न नपाउने गरी सरकारले बजार अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले आम उपभोक्ताको हितसँग सम्बन्धित निकायहरुले पनि बजार अनुगमनको काममा ध्यान दिनेपर्ने बताउनु भयो ।
सांसद अर्यालले भन्नुभयो, ‘अव यो दशैँ, तिहारलगायतका चाडपर्वमा विचौलियाको रजगज जुन छ बजारमा । उपभोक्ताहरुले पनि समितिले आउने, बजार नियन्त्रणका लागि सरकारलाई दबाब दियौं भनेर फोटो हालेर मात्रै नबस्नु होला । त्यसमा समितिले पनि आँखा चिम्लिने काम गर्नु भएन । सरकारले पनि जनशक्तिको अभाव भयो भनेर बजार अनुगमनको काम छोड्नु भएन ।’

सांसद अर्यालले बजारमा आम उपभोक्तामाथि ठगी गर्ने काम चाडबाडका बेला बढी हुने भएकाले त्यसमा पनि सरकारले कडा निगरानी राख्नुपर्ने बताउनु भयो ।