• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

थामे बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनस्स्थापनाका लागि कामपाले २० लाख रुपैयाँ सहयोग गर्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुन:स्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।