३१ श्रावण २०८३, आईतवार
,
Latest
परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन: अध्यक्ष राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताउनु भयो । उहाँले मधेसीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताउनु भयो । उहाँले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियता भनेको के हो रु म नेपाली हो भने मलाई किन मान्छेहरुले नेपाली भन्दैनन् । मधेसी मेरो राष्ट्रियता हो भने किन पहिचान पाएको छैन, यो कुरा सबैमा उठेको छ । राष्ट्रियताको खाँचो के छ त ?धेरै मानिसहरु भन्छन्, मान्छे चन्द्रमामा पुगिसक्यो, मंगल ग्रहमा पुगिसक्यो, के मधेसी, मधेसी भनेको । धेरैले भन्छन् । ग्लोवल भिलेज भइसक्यो के मधेसी भनेको होला रु भन्छन् । तर तपाईं कुनै अर्को देशमा जानुस्, के सोध्छ ?होएर आर यु फ्रम सोध्छ । आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन । विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ ।’

अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताउनु भयो ।