• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

नेपाल पूर्वाधार समिट,२०८१ भदौ २७ र २८ गते हुँदै



काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारको सहयोगमा नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ ।

परिसंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । दिगो पूर्वाधारमार्फत देशको समग्र पूर्वाधार विकास गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पूर्वाधार समिट २०८१ को मुख्य उद्देश्य रणनीतिक लगानीमार्फत दिगो विकास गर्ने रहेको बताउनु भयो ।

उहाँले समृद्ध अर्थतन्त्रको आधार पूर्वाधार विकास भएको भन्दै विकसित मुलुक पूर्वाधारको विकासबाट भएको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालले पनि दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने भन्दै मुलुकको लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताउनु भयो । उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न २०३० सम्म २० खर्ब लगानी आवश्यक रहेको राष्ट्रिय योजनाको प्रतिवेदनमा उल्लेख रहेको बताउनु भयो ।

उहाँले पूर्वाधारमा धेरै लगानी आवश्यक भएपनि स्रोतको अभाव रहेको बताउनु भयो । उहाँले पूर्वाधार विकासमा विश्वका विकसित मुलुकमा भएका गतिविधिका विषयमा गहन रुपमा छलफल हुने बताउनु भयो । उहाँले सम्मेलनमा विभिन्न १२ विधागत विषयमा छलफल हुने बताउनु भयो ।