१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छ: पूर्वप्रधानमन्त्री भट्टराई

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छ: पूर्वप्रधानमन्त्री भट्टराई
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरु निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरु आउनसके मात्रै देश बन्नसक्ने बताउनु भयो । उहाँले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्नेकुरा राणाकालदेखि नै हुँदै आएको बताउनु भयो । उहाँले आधारभुत संरचनागत रुपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले देशको सही नेतृत्व गर्न योग्यतासँगै इमान्दारिता आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो जटिल भूराजनीति भएको जुन ठाउँ छ । यहाँ विभिन्न शक्तिहरु खेल्ने कोशिस त गरिहाल्छन् नि । त्यो स्वभाविक हो । त्यसमा अरुलाई दोष दिनु हुँदैन । जहाँ पनि हुन्छ, अहिले पनि भइरहेको छ । राजनीतिमा पढेलेखेका मान्छे, सादगी जीवन बिताउने मान्छेहरु र नैतिकवान मान्छेहरु नआउने हो भने देश बन्दैन । चुनाव जितिन्छ, सरकारमा गइन्छ, मान्छेहरु मन्त्री हुन्छन् । त्यो त भइरहेको छ । त्यो राणाको कालमा पनि भएको थियो, पञ्चायत कालमा पनि भएको थियो । काँग्रेस र एमालेको पालोमा पनि भएको थियो र अहिले पनि भइरहेको छ । साँच्चै नै आधारभुत संरचनागत रुपान्तरण गर्ने, जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउने हो भने सक्षम मान्छे देशको नेतृत्व तहमा जानुपर्छ । सँगै इमान्दारिता चाहिन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले पछाडि फर्किने गरी संविधान संशोधन गर्न खोजेको भए प्रतिवादमा उत्रिने तर पहिचानका आधारहरुमा टेकेर संविधान संशोधन भए स्वागतयोग्य हुने बताउनु भयो ।