• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

मुस्ताङमा हिमपहिरो, बोक्सीखोला थुनियो



काठमाडौं । मुस्ताङमा हिमपहिरोका कारण बोक्सिखोला थुनिएको छ ।

शुक्रबार दिउँसो हिँउको ढिस्को खस्दा थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा रहेको खोला थुनिएको हो ।

पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

नदी रोकिएको स्थानभन्दा तल रहेका ९ घर परिवारलाई सुरक्षित स्थलमा सारिएको सहायक प्रमुख सुवेदीले बताए । उनले भने, ‘सम्भावित दुर्घटनाबारे हामीले सचेतना अपनाएका छौँ ।’