२७ मंसिर २०८१, बिहीबार
,
Latest
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनीहरू अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि नेपाल आउँदै भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दु:ख व्यक्त गर्दै भन्नुभएको छ– ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ। घटनाप्रति दु:ख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।