२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँबुखैरेनी बस दुर्घटना: उद्धारका लागि हेलिकप्टर परिचालन



अ+ अ-

तनहुँ । आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ ।