२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोरको पहिरोले यात्रुलाई सास्ती



फाइल फाेटाे
अ+ अ-

गलकोट । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटकपटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ ।

उक्त खण्डको दब्ल्याङमा पहिरो जाँदा दुई महिनायता करिडोरका यात्रीलाई गन्तव्यसम्म पुग्न सास्ती हुँदै आएको हो । पटकपटक अवरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्ड पाँच दिनदेखि पुन: ठप्प भएको छ ।

लगातारको वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा करिडोरअन्तर्गत ट्र्याक बगाउँदा पाँच दिनदेखि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त खण्डसँगै बलेवा कुश्मिसेरा जाने शाखा सडकसमेत अवरुद्ध हुँदा पाँच दिनदेखि बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

यही भदौ २ गते रातिको पहिरोले सडकमा थप क्षति पुर्‍याएकामा ३ गते सडक सञ्चालनमा ल्याउने प्रयास असफल भएपछि उक्त खण्ड अहिलेसम्म पूर्ण रुपमा ठप्प भएको उहाँले बताउनुभयो । दब्ल्याङमा सडकको ट्र्याक करिब ४० मिटर बगाएको छ । उक्त पहिरोमा माटो पुरेर सडक खुलाइए पनि पानीपर्दा सडक अवरुद्ध हुने भएकाले दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक यादवले जोड दिनुभयो ।

दब्ल्याङको पहिरोका कारण करिडोर र जैमिनी नगरपालिका आउने दुवै खण्ड बन्द भएपछि यहाँका स्थानीय झोलुङ्गे पुल तरेर कुश्मा हुँदै बागलुङ आउन बाध्य भएका बलेवा निवासी कृष्ण लामिछानेले बताउनुभयो । “करिडोरका कारण गन्तव्यको टुङ्गो हुँदैन, कुश्मा पुगेर झोलुङ्गे पुल तरेपछि दुई घण्टा हिँडेर घर पुगिन्छ”, उहाँले भन्नुभयो, “बिरामी हुँदासमेत समयमा अस्पताल पुर्‍याउन बागलुङको दक्षिण भेगका स्थानीयलाई सास्ती भएको छ ।”

सडकको विकल्पमा पक्की पुल बनाउन यस वर्ष गण्डकी प्रदेशले ठेक्का लगाउने तयारी गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँका अनुसार करिडोरको दब्ल्याङमा गत असार २६ गतेदेखि लगातार लेदो बगिरहेको छ । लेदो पन्छाएर सडक खुलाए पनि पानी पर्दासाथ सडक अवरुद्ध हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पछिल्लो पाँच दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएकाले बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र पर्दै आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस