२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथ नजिकै पहिरोमा पुरिएर चारजना नेपाली मजदुरको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको उत्तरखन्डस्थित केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ ।

बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिकै गएको पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा रहेका जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी दिए । उनले भने, ‘बिहीबार राति करिब १:२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो ।’ सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको उनले बताए ।

मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिएको अवस्थामा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई निकालेको उनले बताए ।