४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारलाई सफल बनाउनुको विकल्प छैन: गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ ।

शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बतउनु भयो । उहाँले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताउनु भयो ।

उहाँले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताउनु भयो । उहाँले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको बताउनु भयो । राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको छ । नयाँ राजनीतिक समीकरण बमोजिम नै नयाँ सरकार गठन भएको छ । यो सरकार बनाउनकै लागि मात्र बनाइएको गठबन्धन, सरकार होइन । पछिल्लो डेढ वर्षमा हामीले के देख्यौँ भन्दा एउटा गठबन्धन बन्ने, अर्को भत्किने, संघमा एउटा सरकार बन्ने, दुई, तीन महिनामा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने, फेरि केही पार्टी छोडिने, केही जोडिने । डेढ वर्षसम्म पटक पटक यो अभ्यास भयो । एउटा सरकार बन्छ, अर्को भत्किन्छ, काठमाडौंमा मात्रै बन्ने भत्किने भएको भए हुन्थ्यो, काठमाडौंमा सरकार भत्कियो की सातै प्रदेशमा भत्किन्छ । यसले सरकारको स्थिरता र स्थायित्वमा प्रश्न उठ्यो । यसले प्रत्यक्ष सेवा प्रवाहमा असर पर्‍यो ।’

‘यसले विकास निर्माणका कामहरु गतिले अघि बढ्न सकेनन् । मुलुकको अर्थतन्त्रमा शिथिलता उत्पन्न भयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भए । यसले जनताको सेवामा समस्या उत्पन्न भयो । किनभने राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुनुपर्‍यो । त्यसैले अहिले दुई ठूला राजनीतिक दलहरु मिलेर नयाँ सरकार बनेको छ । मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो । यस्तो गठबन्धन बिरलै बन्छन् । यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन । जनताका निराशालाई आशामा बदल्नुपर्ने छ । अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन ।’

गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताउनु भयो ।