३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारलाई सफल बनाउनुको विकल्प छैन: गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ ।

शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै सरकार बनाउनकै लागि सरकार गठन नभएको बतउनु भयो । उहाँले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताउनु भयो ।

उहाँले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताउनु भयो । उहाँले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको बताउनु भयो । राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको छ । नयाँ राजनीतिक समीकरण बमोजिम नै नयाँ सरकार गठन भएको छ । यो सरकार बनाउनकै लागि मात्र बनाइएको गठबन्धन, सरकार होइन । पछिल्लो डेढ वर्षमा हामीले के देख्यौँ भन्दा एउटा गठबन्धन बन्ने, अर्को भत्किने, संघमा एउटा सरकार बन्ने, दुई, तीन महिनामा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने, फेरि केही पार्टी छोडिने, केही जोडिने । डेढ वर्षसम्म पटक पटक यो अभ्यास भयो । एउटा सरकार बन्छ, अर्को भत्किन्छ, काठमाडौंमा मात्रै बन्ने भत्किने भएको भए हुन्थ्यो, काठमाडौंमा सरकार भत्कियो की सातै प्रदेशमा भत्किन्छ । यसले सरकारको स्थिरता र स्थायित्वमा प्रश्न उठ्यो । यसले प्रत्यक्ष सेवा प्रवाहमा असर पर्‍यो ।’

‘यसले विकास निर्माणका कामहरु गतिले अघि बढ्न सकेनन् । मुलुकको अर्थतन्त्रमा शिथिलता उत्पन्न भयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भए । यसले जनताको सेवामा समस्या उत्पन्न भयो । किनभने राजनीतिक दल र नेताहरु गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुनुपर्‍यो । त्यसैले अहिले दुई ठूला राजनीतिक दलहरु मिलेर नयाँ सरकार बनेको छ । मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो । यस्तो गठबन्धन बिरलै बन्छन् । यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन । जनताका निराशालाई आशामा बदल्नुपर्ने छ । अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन ।’

गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताउनु भयो ।