• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल ★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना ★   ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’ ★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’



काठमाडौँ । वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्वपूर्ण रहेको सरोकार भएकाहरुले बताउनुभएको छ । आज स्वच्छ हावा नेटवर्क नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वातावरणलाई स्वच्छ राखी प्रदूषण हटाउन वुवाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

नेटवर्कका संयोजकसमेत रहनुभएका वातावणविद् डा भूपेन्द्र दासले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले स्वच्छ हावा कायम नराखे सर्वसाधरणको स्वास्थ्यमा नकरात्मक असर पर्दै जाने भएकाले वातावरण स्वच्छ कनाउन युवाले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

“वायु प्रदूषणको असर र न्यूनीकरणका लागि तीनै तहका सरकार, सम्बन्धित विषयमा सरोकार भएका निकायबीच समन्वय र सहकार्य जरुरी छ । यसका बारेमा जनस्तरमा व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नु पनि आवश्यक छ”, वातावणविद् डा दासले भन्नुभयो, “स्थानीयस्तरमा वायु प्रदूषण सम्बन्धी जनचेतना अभिवृद्धि गरी प्रदूषण न्यूनीकरणका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गराई वातावणीय स्वच्छताका कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।”

उहाँले तीनै तहका सरकारलाई वायुप्रदूषण न्यूनीकरणसम्बन्धी नीति प्रभावकारी कार्यन्वयनका लागि दबाब दिन युवाको भूमिका महत्वपूर्ण रहने भन्दै यसमा युवाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।

वातावरण अभियन्ता भोला भट्टराईले पछिल्लो समय बढ्लो सहरीकरण तथा औद्योगीकरणका कारण वायु प्रदूषण पनि बढ्दै गएको भन्दै यसको नियन्त्रण गर्न नसके मानवीय स्वास्थ्यमा गम्भीर असर पुग्ने बताउनुभयो । “वायु प्रदूषणमा काठमाडौँ प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । प्रदूषण बढेको समयमा रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयले स्थान पाउँछ”, उहाँले भन्नुभयो, “हामीले सधैँ वातावरणीयलाई स्वच्छता कायम राख्न पहल गर्नुपर्छ । युवा वर्ग जागरुप भएर वायु प्रदूषण नियन्त्रण तथा यसकोे असर न्यूनीकरणका विषयमा अभियान सञ्चालन गरी अगाडि बढाउन जरुरी छ ।”

युवा अभियन्ता सोनम श्रेष्ठले नेटवर्कले देशभरका युवालाई जोडेर स्वच्छ हावा कायम राख्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । वातावरण न्यायका लागि आवाज उठाएर वायु प्रदूषण न्यूनीकरण गर्न आवश्यक रहेको अभियन्ताहरुको भनाइ छ । संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको स्वच्छ वातावरणको हक प्रभावकारी रुपमा कार्यान्वयन हुन आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिनुभएको छ । रासस