४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमा बिना कारण कुनैपनि फाइलहरु रोकिने छैनन्: मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा फाइलहरु बिना कारण नरोकिने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले मन्त्रालयमा बिना कारण कुनैपनि फाइल नरोकिने स्पष्ट पार्नुभएको हो ।

उहाँले अविरल वर्षाको कारण र कर्मचारीहरुको व्यवस्थापनका कारण श्रावण महिनामा काम गर्न नसकिएको बताउनु भयो । उहाँले मन्त्रालय कर्मचारीहरुको व्यवस्थापन गर्न लागिरहेको भन्दै कर्मचारीको व्यवस्थापन पछि काममा कुनै समस्या नआउने बताउनु भयो । उहाँले आश्विन महिनासम्ममा सबै ठेक्काहरु लगाइसक्ने लक्ष्य मन्त्रालयले राखेको बताउनु भयो । उहाँले यस आर्थिक वर्षमा विनियोजित रकमहरु आयोजनाहरुको स्थिति हेरेर क्रमश: अगाडी बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भर्खरै मात्र नयाँ आर्थिक वर्ष शुरु भएको छ । श्रावण महिनामा अविरल वर्षा, बाढी, पहिरोका कारणले यो महिना काम गर्नसक्ने स्थिति भएन । हामीले कर्मचारीहरुको पनि व्यवस्थापन गर्नुपर्ने छ । कहाँ, कसलाई राख्ने रु त्यो काम पनि गर्न लागिरहेका छौँ । त्यो कामहरु व्यवस्थित गरिसकेपछि कुनैपनि फाइलहरु भौतिक पूर्वाधार मन्त्रालयमा रोकिने छैन । यहाँहरुलाई म यो विश्वास दिलाउन चाहन्छु । कुनैपनि फाइलहरु भौतिक पूर्वाधार मन्त्रालयमा बिना कारण रोकिने छैनन् । यो वर्षातको समय हो । आश्विनसम्ममा सम्पूर्ण ठेक्काहरु लगाइसक्ने हाम्रो लक्ष्य रहेको छ । आश्विन महिनासम्ममा यो वर्ष विनियोजित भएको रकम, जहाँ जहाँ आयोजनाहरुमा विनियोजित भएको छ, ति आयोजनाहरुको स्थिति हेरेर क्रमश: फाइलहरु हेरेर अगाडी बढाउने लक्ष्य रहेको जानकारी गराउन चाहन्छु ।’
उहाँले ड्राइभिङ लाइसेन्सलाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो ।