१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति मै राजसंस्थालाई अभिभावकको रुपमा राखौं: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म,संस्कृती,मूल्य,मान्यता मासेर देश बिकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए । युबाहरुको भबिष्य बरबाद गर्ने अहिलेको ब्यबस्थाले भ्रष्टाचार र कुशासनलाई सस्थागत गरेको समेत आरोप लगाए ।

भ्रष्ट तन्त्र र ब्यबस्था धेरै लामो समय नटिक्ने समेत बताए ।कुशासन भ्रष्टाचार गरेर देशलाई बर्बाद गर्ने भ्रष्ट ब्यबस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको भन्दै थापाले बलियो राष्ट्रबादी, प्रजातन्त्रबादी, हिन्दुबादी, राजसंस्थाबादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।

कार्यक्रममा डाक्टर बिष्णु भण्डारी , राजाराम बर्तौला, प्रदिप कार्की ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।




भर्खरै